काठमाडौं । सहकारी मार्फत करिब ५ खर्ब बचत परिचालन भएको देखिएको छ । संघिय सहकारी विभागले पछिल्लो पटक संकलन गरेको सहकारीको तथ्याङ्कले मूलुक भर रहेका २९ हजार ८ सय ८६ सहकारी मार्फत करिब ५ खर्ब बचत संकलन भएको देखाएको हो । साथै २० वटा विषयगत केन्द्रीय संघ १ राष्ट्रिय सहकारी बैंक १ राष्ट्रिय सहकारी महासंघ ७० जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेका छन्।
नयाँ तथ्याङ्क अनुसार सहकारी हरुले ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४ सय ७३ बचत संकलन गरेका छन् । त्यसैगरी सहकारीमा ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८ सय ३ रुपैंया शेयर पूँजी र ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय ८१ रुपैंया ऋण लगानी रहेको छ ।
सहकारी मार्फत कुन प्रदेशमा कति बचत संकलन
प्रदेश एक सहकारी संस्था ४७३७ ( बचत ४१ अर्ब २१ करोड ४२ हजार ८ सय ९ रुपैंयाँ)
प्रदेश दुई सहकारी संस्था ४१५३ (बचत २३ अर्ब १९ करोड ९६ लाख ४१ हजार ३ सय १३ रुपैंयाँ)
बागमती प्रदेश सहकारी संस्था १०४१८ ( २ खर्ब १४ अर्ब ६६ करोड २२ लाख ५ हजार ८ सय ६० रुपैंयाँ)
गण्डकी प्रदेश सहकारी संस्था २६७१ ( बचत ८६ अर्ब ७ करोड ४५ लाख ७१ हजार ६ सय ९२ रुपैयाँ)
लुम्बिनी प्रदेश सहकारी संस्था ३७५५ ( बचत ५९ अर्ब ९६ करोड ३७ लाख ६८ हजार ४ सय ६७ रुपंैयाँ)
कर्णाली प्रदेश सहकारी संस्था १९६७ (बचत ८ अर्ब ८६ करोड ८१ लाख ७८ हजार ७ सय ९२ रुपैंयाँ )
सुदुरपश्चिम प्रदेश सहकारी संस्था २०६० (बचत १० अर्ब ४४ करोड ३४ लाख ९६ हजार ९ सय ४१ रुपैंयाँ )
Leave a comment