हाइलाइट

श्री मित्रमिलन बहुउद्देश्यीय सहकारीको साधारण सभा सुरु 

श्री मित्रमिलन बहुउद्देश्यीय सहकारीको साधारण सभा सुरु  :: Sahakari Akhabar

मकवानपुर । हेटौंडा ४ मा रहेको श्रीमित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा सोमबारबाट सुरु भएको छ ।  कोनोरा भाइरसका कारण आजबाट सुरु भएको सभा  २४ गते शुक्रबार सकिने छ । संस्थाका अध्यक्ष भोला प्रसाद शर्मा खरेलको सभाध्यक्षतामा भएको सभामा हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतको प्रमुख अतिथ्यता रहेको थियो ।

साधारण सभाको सुरुवात गर्दै सहकारीले विभिन्न विधामा पुरस्कृत तथा सम्मान कार्यक्रम गरेको छ । सहकारीले जेष्ठ शेयर सदस्य हेमकान्त सापकोटा र जगत लक्ष्मी उप्रेतीलाई सम्मान गरेको छ ।  त्यस्तै, असल बचतकर्ता बुद्धिनाथ खतिवडा, प्रेम कुमारी पुलामी, रेवती प्रसाद बन्जारा, असल ऋणी तर्फ प्रविण दास श्रेष्ठ र मिना दाहाललाई सम्मान गरेको छ ।

सभामा संचार माध्यममा सहकारी क्षेत्र विषयमा कलम चलाउने सिधाखबर डटकमका सम्पादक तथा इमेज टेलिभिजनका मकवानपुरका संवाददाता श्रीराज अर्जुन र समृद्ध समाज दैनिकका सम्पाद सुरेश श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी २०७६ मा एसइईमा उत्कृष्ट जिपिए ल्याउन सफल औजश्वी श्रेष्ठ, सुमा उप्रेती, सन्ध्या ढुंगेल र युनिस सुवेदीलाई पुरस्कृत गरिएको थियो ।

सहकारीले सिमेन्ट र बचत ऋणको कारोबार गर्दै आइरहेको छ । १ करोड ७ लाख २ हजार ७०० शेयर पुँजी रहेको संस्थामा  ८७९ शेयर सदस्य रहेका छन् ।  आफ्ना शेयर सदस्यलाई ५ करोड २ लाख ८ हजार ऋण लगानी गरेको सहकारीले असार मसान्त सम्म गर्स नाफा ४ लाख १८ हजार रहेको संस्थाका व्यवस्थापक रामहरि खरेलले बताए ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, लेखा समिति संयोजक हरि प्रसाद  रिजाल, पत्रकार, शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।



Leave a comment