काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले संघको ब्यवस्थित भवन निर्माणकालागि कोष स्थापना गरेको छ । संघको भवन निर्माण कोषमा १२ लाख ९१ हजार ५६४ रपैंया जम्मा भएको संघका अध्यक्ष ज्ञानबहादुर तामाङले घोषण गरेका छन् । संघको भवन निर्माणकालागि घर जग्गा कोष स्थापना गरेको संघको २१ औं बार्षिक साधारण सभामा अध्यक्ष तामाङले जानकारी दिए । उनले संघको आर्थिक वर्ष ०७६÷०७७को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा नै संघको घर जग्गा कोष स्थापन गरी भवन बनाउने बताए ।
संघले बहुउद्देयीय प्रयोजनको भवन निर्माण गरी सदस्यहरुलाई सेवा दिने अध्यक्ष तामाङले जानकारी दिए । संघको भवन निर्माण कोषमा सदस्य संस्थाहरुले २७ गतेसम्म जम्मा गरेको रकमबाट कोष स्थापना गरिने बताए । उद्धघाटन सभामा कोषमा विभिन्न संस्था तथा ब्यक्तीहरुले १३ लाख रुपैंया जम्मा गरेका छन् । उद्धघाटनकादिन कोषमा नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख ५१ हजार १५१ रुपैंया, यूनाईटेड गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख ५१ हजार १५१ रुपैंया जम्म भएको छ । त्यसैगरी मंगल आरती सहकारीबाट १ लाख १हजार १११ रुपैंया, शुभावना बचत तथा ऋण सहकारीबाट १ लाख ११ हजार रुपैंया, जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारीबाट १ लाख ५१ हजार १११ रुपैंया जम्मा भएको हो । रष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले कोषमा १ लाख १५ हजार र जिल्ला सहकारी संघ काठमाडौंका निवर्तमान अध्यक्ष टेकप्रसाद चौलागाईले १ लाख १ हजार कोषमा सहयोग गरेका छन् ।
उद्धघाटन सभामा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, जिल्ला सहकारी संघ काठमाडौंका निवर्तमान अध्यक्ष टेकप्रसाद चौलागाई कास्कूनका अध्यक्ष दिपक पनेरु, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालले शुभकामना मन्तब्य राखेका थिए । संघका लेखा समिति संयोजक सुमन केसीले संघको आर्थिक वर्ष ०७६/०७७ को लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संघको २१ गतेबाट सुरु भएको साधारण सभा २७ गते समापन हुनेछ ।
Leave a comment