प्रदेश एकका ४ हजार ७ सय ३७ वटा सहकारी मार्फत २० हजार बढीले रोजगारी पाएका छन् । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार प्रदेश एकमा सहकारी मार्फत २० हजार ६ सय ८५ जनाले प्रत्यक्ष रोजगारी पाएको उल्लेख छ ।
त्यसैगरी यस प्रदेशमा सहकारीमा सदस्य सङ्ख्या ९ लाख ३५ हजार ७ सय रहेका छन् । जसमा महिला ५ लाख २ सय ४९ र पुरुष ४ लाख ३५ हजार ४ सय ५२ जना रहेका छन् । सहकारीको कुल शेयर पूँजी ८ अर्ब २० करोड २ लाख ८७ हजार ३ सय ७२ रुपयाँ रहेको छ । त्यसैगरी कुल बचत ४१ अर्ब २१ करोड ४२ हजार ८ सय ९ रुपयाँ र कुल ऋण लगानी ३८ अर्ब ९५ करोड २९ लाख १५ हजार १ सय ७ रुपयाँ रहेको विभागले जनाएको छ ।
Leave a comment