काठमाडौं । प्रदेश दुईमा सहकारी मार्फत १० हजार ८ सयले रोजगारी पाएका छन् । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार प्रदेश दुईमा सहकारी मार्फत १० हजार ८ सय ४३ जनाले प्रत्यक्ष रोजगारी पाएको तथ्याङ्क सार्वजनिक गरेको छ । प्रदेश दुईमा सहकरीको सङ्ख्या ४ हजार १ सय ५३ रहेको छ ।
यस प्रदेशमा सदस्य सङ्ख्या ५ लाख ५५ हजार १ सय ९७ रहेको छ । जसमा महिला २ लाख ५२ हजार १ सय १२ र पुरुष ३ लाख ३ हजार ८५ जना रहेका छन् । प्रदेश २ मा रहेका सहकारीको कुल शेयर पूँजी २ अर्ब ३६ करोड ५२ लाख ४६ हजार १ सय ५८ रुपयाँ रहेको छ भने कुल बचत २३ अर्ब १९ करोड ९६ लाख ४१ हजार ३ सय १३ रुपयाँ र ऋण लगानी १५ अर्ब ५ करोड ११ लाख ९८ हजार ६४ रुपयाँ रहेको विभागले जनाएको छ ।
Leave a comment