हाइलाइट

लुम्बिनी प्रदेशमा सहकारी मार्फत १ खर्बको कारोबार

लुम्बिनी प्रदेशमा सहकारी मार्फत १ खर्बको कारोबार :: Sahakari Akhabar

काठमाडौं । लुम्बिनी प्रदेशमा सहकारी मार्फत १ खर्बको कारोबार भएको छ । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा सहकारी मार्फत १ खर्बको कारोबार भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लुम्बिनि प्रदेशमा सहकारीको कुल शेयर पुँजी ५ अर्ब ८२ करोड २२ लाख ९७ हजार ५० रुपयाँ, कुल बचत सकलन ५९ अर्ब ९६ करोड ३७ लाख ६८ हजार ४ सय ६७ रुपयाँ र कुल ऋण लगानी ४० अर्ब ८० करोेड ६८ लाख ४ हजार ३२ रुपयाँ रहेको छ ।

यस प्रदेशमा सहकारी मार्फत ६ हजार ९ सय ८९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने ३ हजार ७ सय ५५ सहकारी संस्था रहेका छन् । त्यसैगरी सहकारीका ८ लाख ९८ हजार ६ सय ११ जना रहेको छ । जसमा महिला ५ लाख ७६ हजार ३ सय १२ जना र पुरुष ३२ लाख २२ हजार २ सय ९९ जना रहेका छन् । विभागले सार्वजनिक गरेको तथ्याङ्कको रिपोर्ट अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको छ ।



Leave a comment