काठमाडौं । कर्णाली प्रदेशमा दुई हजार भन्दा कम सहकारी संस्था रहेका छन् । सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा १ हजार ९ सय ६७ सहकारी संघ संस्था रहेका छन् ।
यो सबैभन्दा कम सहकारी संघसंस्था रहेको प्रदेश हो । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ४ लाख ४ हजार ९ सय ५६ जना रहेका छन् । महिला २ लाख ७२ हजार ३३ जना र पुरुष १ लाख ३२ हजार ९ सय २३ जना रहेका छन् ।
यस प्रदेशमा सहकारीको शेयर पूँजी १ अर्ब ९१ करोड ८० लाख ७३ हजार ४ सय ९८ रुपयाँ तथा ८ अर्ब ८६ करोड ८१ लाख ७८ हजार ७ सय ९२ रुपयाँ बचत रहेको जनाइएको छ ।
त्यसैगरी सहकारी मार्फत ७ अर्ब ९२ करोड ५२ लाख ४८ हजार ४ सय ८५ रुपयाँ ऋण लगानी भएको भने प्रदेशमा सहकारी मार्फत ४ हजार ५ सय ३४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सहकारी विभागले संकलन गरेको सहकारीको तथ्याङ्कको प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको छ ।
Leave a comment