हाइलाइट

सहकारी संघ दोलखाको १५औ वार्षिक साधारण सभा आजबाट सुरु

सहकारी संघ दोलखाको १५औ वार्षिक साधारण सभा आजबाट सुरु :: Sahakari Akhabar

दोलखा । जिल्ला सहकारी संघ दोलखाको १५औ वाषिर्क साधारण सभा आज (पुष२०) गते उद्धघाटन भएको छ । संघको उपस्थिति साधारण सभा २२ गते सम्म संचालन हुने छ भने पुष २९ गते समापन सभा हुने जनाइएको छ ।

संघका अध्यक्ष हेमन्त चौलागाईंको सभापतित्वमा सुरु भउको सभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेतको प्रमुख आतिथ्ता रहेको थियो । सभामा बागमति प्रदेश सहकारी संघका महासचिव भिम प्रसाद दहाल, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्का, दोलखा जिल्ला बहुउद्देश्यीय सहकारी संघका संचालक श्यामकाजी कटुवाल ,कृषि सहकारी संघका अध्यक्ष अम्विका गोले ,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले शुभकामना मन्तब्य दिएका थिए ।

सभामा उपाध्यक्ष देवि शर्माले सहकारी संघको प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । लेखा सुपरिवेक्षण समितिका संयोजक रत्नबहादुर श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन प्रस्तुति गरेका थिए । महासचिव कृष्णप्रसाद दहालले कार्यक्रम संचालन गरेका थिए कार्यक्रममा प्रमुख अतिथि डिबी बस्नेतले दोलखा जिल्ला सहकारीको उर्वर भूमि भएकोले सहकारीले सदस्यको मन जितेर सस्था सञ्चालन गर्न अग्रह गरे । उनले जिल्ला सहकारी संघ अन्य जिल्लाको संघ भन्दा उत्कृष्ट संघ भएको बताए ।



Leave a comment