काठमाडौं । बत्तिसपुतलीमा रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई १८प्रतिशत लाभांस वितरण गर्ने भएको छ । शनिबार सम्पन्न संस्थाको २३औं बार्षिक साधारण सभाले १८ प्रतिशत लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभामा संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले संस्थाको आर्थिक वर्ष २०७६÷७७ को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुतगरेका थिए । संस्थाले आर्थिक वर्ष ०७६÷७७को असार मसान्त सम्ममा कुल निक्षेप २ अर्ब ३६ करोड ८४ लाख ७९ हजार ६ सय ४ रुपैंया रहेको र कर्जा लगानी १ अर्ब ३२ करोड ९१ लाख ४४ हजार ८ सय ८५ रुपैंया पुगेको जानकारी गराए । त्यसंगरी संस्थाको चुक्ता पूँजि ७ करोड ४ लाख ९० हजार ५ सय रुपैंया, जगेडा तथा अन्य कोषहरु १८ करोड २० लाख ८१ हजार १ सय ५५ रुपैंया रहेको र संस्थाको सञ्चालन मुनाफा ३ करोड ९४ लाख ४५ हजार ३ रुपैंया भएको जानकारी दिए ।
सभामा प्रमुख आतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी संस्था सदस्यहरुको स्वायत्त संस्था भएकोले यसको विकास र नियमनको लागि यसका सदस्यहरुलेनै सक्रिय भूमिका निर्वाह गर्नु पर्ने बताए । कार्यक्रममा संस्थाले १५ बर्ष संस्थामा निरन्तर कार्य गरिरहेका ११जना कर्मचारीहरुलाई जनहि ७५००१ नगद पुरस्कार सहित नवकान्तिपुर दीर्घ सेवापदक २०७७ द्धारा पुरस्कृत गरेको थियो ।
Leave a comment