हाइलाइट

समृद्धि र सनसाइन साकोस एकीकरण हुने 

समृद्धि र सनसाइन साकोस एकीकरण हुने  :: Sahakari Akhabar

झापा । भद्रपुरमा रहेको समृद्धि वचत तथा ऋण सहकारी संस्था र भद्रपुर १० को सनसाइन वचत तथा ऋण सहकारी संस्था एकिकरण हुने भएको छ । समृद्धि साकोसका अध्यक्ष योगेन्द्र पौडेलले एकीकरणको प्रक्रिया अघि बढाएको जानकारी गराएका छन् । अध्यक्ष पौडेलले संस्थाको साधारणसभा समापन गर्दै आर्थिक वर्ष २०७६ /०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समापन कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाले यसअघि नै सेवा केन्द्रमार्फत सदस्यहरुलाई प्रतिवेदन बाँडेर राय–सुझाव संकलन गरिसकेको अध्यक्ष पौडेलले जानकारी दिए । प्रतिवेदन अनुसार संस्थाले आ.व. २०७६ / ०७७ मा ३ लाख ४१ हजार ७३९ रुपैयाँ खुद मुनाफा गरेको जनाएको छ ।

संस्थाले अघिल्लो आवको तुलनामा दोब्बर नाफा कमाउन सफल भएको जनाए । संस्थाको कूल शेयरपूँजी ९२ लाख ६४ हजार ५ सय रुपैयाँ, ३ करोड ८८ लाख ७० हजार ५ सय ११ रुपैयाँ निक्षेप संकलन र ३ करोड ७३ लाख ११ हजार २ सय ४ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बन्धु कार्की, नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाललगायतले शुभकामना व्यक्त गरेका थिए ।



Leave a comment