काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । साधारण सभाले आगामी ४ वर्षे कार्यकालको लागि अध्यक्ष कैलाश केसी, उपाध्यक्षमा प्रेमनाथ शर्मा कोईराला, सचिवमा जयराम थापा, कोषाध्यक्षमा राधेश्याम केसी निर्वाचित भएका छन भने, सदस्यहरुमा राधाकृष्ण श्रेष्ठ, प्रकाश भुर्तेल, हरिराम कुईकेल, श्यामचन्द्र श्रेष्ठ, गीता कुँवर क्षेत्री, गायत्री खड्का र अनिला श्रेष्ठ निर्वाचित भएका छन् ।
सभाले लेखा सुपरिवेक्षण समितिमा पूर्णबहादुर कार्कीको संयोजक तथा सदस्यहरु सन्तोष आचार्य र शर्मिला नेपाललाई निर्विरोध चयन गरेको छ । संस्थाका अध्यक्ष रामहरि केसीको सभापतित्वमा सम्पन्न सभा विषम परिस्थितीलाई ध्यानमा राखी संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, पूर्व संचालक, निवर्तमान संचालक, प्रतिनिधी सदस्यहरु, सल्लाहकार र कर्मचारी लगायत सिमित व्यक्तिहरुको भौतिक उपस्थितीका साथमा भर्चुअल सभा सम्पन्न भएको हो ।
संस्थाका सचिव पे्रमनाथ शर्मा कोईरालाले आर्थिक वर्ष ०७६/०७७ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष ध्रुबबहादुर भुजेलले आर्थिक प्रतिवेदन र ०७८/०७९ को प्रस्तावित वार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गरेका थिए । सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक जयराम थापाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहसचिव गंगाराम ठकुरीले स्वागत मन्तव्य राखेका थिए । संस्थाले सदस्यहरुलाई साल पुष ४ गतेदेखि नै उपस्थिती खुल्ला गरिएको थियो ।
Leave a comment