हाइलाइट

शुभप्रभात साकोसको नयाँ संचालक समिति चयन

शुभप्रभात साकोसको नयाँ संचालक समिति चयन :: Sahakari Akhabar

भक्तपुर । शुभप्रभात बचत तथा ऋण सहकारीको १२औं वार्षिक साधारण सभाले विकाशकाजी श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति सञ्चालक समिति चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा यादव दाहाल, सचिवमा दिपक विक्रम थापा, सहसचिवमा नवराज थापा, कोषाध्यक्षमा विकास पौडेल चुनिएका छन् ।

संस्थाको सञ्चालक सदस्यहरुमा ध्रुव बहादुर थापा, राजकुमार शाक्य, अर्जुन राउन, स्वस्थानी थापा, नगेन्द्र पौड्याल, विष्णुप्रसाद पौड्याल, राम बहादुर श्रेष्ठ र श्यामसुन्दर श्रेष्ठ चयन भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा भिमसेन भण्डारी र सदस्यहरुमा जितेन्द्र भण्डारी तथा विभोर श्रेष्ठ चयन भएका छन् ।

संस्थाले मंसीर २० गतेदेखि पौष  २ गतेसम्म सदस्यहरुका लागि उपस्थिति जनाउने, प्रतिवेदन बुझ्ने र सुझाव दिने समय तोकेको थियो । सभामा संस्थाका अध्यक्ष उद्धज बहादुर तिवारीले सरकारले कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनका कारण आर्थिक क्रियाकलाप बन्द हुँदा त्यसको प्रभाव संस्थालाई परेको बताए ।

सदस्यहरुलाई कृषि व्यवसायमा आकर्षित गर्न कृषि र पशुपालन व्यवसायमा ९।९९ प्रतिशत ब्याजदरमा नै कर्जा उपलब्ध गराएकाले संस्थाबाट ऋण लिइ कृषि पेशामा लाग्न सदस्यहरुलाई उनले आग्रह गरे । संस्थाका सचिव दिलीप प्रसाद तिमल्सिनाले आ।व। ०७६।७७ को वार्षिक प्रतिवेदन तथा नीतिकार्यक्रम सभामा प्रस्तुत गरेका थिए । संस्थामा २१०८ पुरुष, १९२८ महिला र ३०२ बाल सदस्य आवद्ध रहेका छन् ।

संस्थाका कोषाध्यक्ष रमेश प्रसाद तिमल्सिनाल आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आवको असार मसान्तसम्म शेयरपूँजी ३ करोड ४६ लाख ८५ हजार, जगेडा कोष २ करोड ६ लाख १८ हजार, बचत ३५ करोड ६१ लाख ९४ हजार र ऋण लगानी २५ करोड ३ लाख रहेको जानकारी दिए । सभामा उत्कृष्ट बचत कर्ता, बाल बचत कर्ता, ऋणी, उत्कृष्ट सञ्चालक र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । संस्थाले शारदा माविमा अध्ययनरत जेहेन्दार छात्रछात्रालाई आर्थिक सहयोग समेत गरेको छ । संस्थाले सदस्यको आवश्यकतालाई मध्यनजर गरी मोबाइल बैंकिङ सुविधा समेत सञ्चालनमा ल्याइसकेको छ ।



Leave a comment