धादिङ । धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघ निलकण्ठ धादिङको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष टापबहादुर श्रेष्ठको अध्यक्षता तथा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा धादिङ जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्य, धादिङ बचत संघका संस्थापक अध्यक्ष देव प्रसाद त्रिपाठी, संघका सल्लाहकार उपाध्यक्ष पार्वती खाँड राई, कास्कुनका सचिव शालिकराम पुडासैनी, नेफ्स्कून धादिङ फिल्ड इन्चार्ज शम्भु प्रसाद घिमिरे लगायतको सहभागी रहेको थियो ।
संघका अध्यक्ष टापबहादुर श्रेष्ठले धादिङ बचत संघलाई उच्च गतिमा अगाडि बढाउन नेफ्स्कून, जिल्ला संघ साझेदारी कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताए ।
Leave a comment