झापा । बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले सदस्यको परिवारको मृत्युमा ४० हजार राहत प्रदान गरेको छ । दमक सेवा केन्द्र अन्तर्गत दमक ५ हरिओम कोलोनीका सदस्य मिना कुमारी राई ताजपुरीयाका श्रीमानको मृत्युमा संस्थाले ४० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
श्रीमान तारीलाल ताजपुरीयकाको निधन भएको १२ औं दिनको पुण्य तिथिमा संस्थाले उक्त रकम हस्तान्तरण गरेको हो । सहकारीको दमक सेवाकेन्द्र व्यवस्थापक भण्डारी सहित व्यवस्थापन उप समिति सदस्य गिरिराज भट्टराई, मोहन सिवाकोटी सहितले ताजपुरीयालाई ४० हजार रुपैयाँ सहित समवेदना पत्र हस्तान्तरण गरेको हो ।
सहकारीको बिशेष औषधि उपचार कोषमा आबद्ध रहेका बिषेश सेयर सदस्यहरुको श्रीमान वा श्रीमतीको मृत्यु भएभमा ४० हजार रुपैयाँ र अभिभावकको मृत्यु भएमा २० हजार रुपैयाँ उपलब्ध गराईने गरिएको सेवाकेन्द्र व्यवस्थापक भण्डारीले बताए ।
Leave a comment