हाइलाइट

नयाँपाटी साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न

नयाँपाटी साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठको सभापतित्व एवं संस्थाका ज्येष्ठ सदस्य विष्णुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा संस्थाले २३ औं साधारणसभा सम्पन्न गरेको हो । विषम परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले सदस्यहरुलाई पायक पर्ने स्थानमा उपस्थिति जनाउनका लागि समय दिएको थियो ।

सभा समापन कार्यक्रममा आफ्नो मन्तब्य राख्दै अध्यक्ष श्रेष्ठले कोरोना भाइरसबाट बच्न सरकारले गरेको बन्दाबन्दीका कारण वित्तीय तथा पूँजी बजारमा प्रभाव पर्दा संस्थालाई पनि असर परेको बताए । यस क्षेत्रका सबै वर्ग, समुदायका मानिसलाई संगठन गरी सम्पूर्ण वित्तीय समाधानको पहिलो छनौट नयाँ पाटी साकोस बनाउने परिकल्पना साकार गर्न आफूहरु प्रयासरत रहेको उनले सो अवसरमा बताए । संस्थाको विकास र बजार प्रतिस्पर्धामा सफल हुन संस्थाले आधुनिक प्रविधिको प्रयोगमा जोड दिएको उनले जनाए ।

संस्थाका सचिव चिरञ्जीवी सिंखडाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । संस्थामा आवद्ध निम्न र मध्यमवर्गीय सदस्यहरुको जीवनस्तर उकास्न संस्था लागिपरेको उनले जनाए । कोभिड–१९ को असर ऋणी सदस्यहरुको व्यापार व्यवसायमा परेको र त्यसलाई मध्यनजर गर्दै संस्थाले दिनसक्ने सम्मको सुविधा सदस्यहरुलाई उपलब्ध गराएको उनले जनाए । संस्थाले १० प्रतिशत ब्याजदरमै ५० लाख सम्म ऋण व्यापार व्यवासयका लागि उपलब्ध गराउने उनले जनाए ।

संस्थाका कोषाध्यक्ष उत्तम खड्काले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आ।व।को असार मसान्तसम्म ९२ करोड ४३ लाख ७३ हजारको वासलात बनेको बताए । संस्थाले शेयरपूँजी १० करोड ५० लाख ३८ हजार, बचत ६६ करोड ६४ लाख र ऋण लगानी ६४ करोड ९२ लाख ९६ हजार गरी मुनाफा २ करोड ६३ लाख ६१ आर्जतन गरेको छ । संस्थाले गत वर्षको नाफाबाट सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कृषि व्यवसायमा ८ प्रतिशत, पर्यटन क्षेत्र विकासका लागि ११ प्रतिशत, प्राविधिक शिक्षा अध्ययनका लागि ११ प्रतिशत, व्यापार व्यवसायका लागि १० प्रतिशत ब्याजदरमा नै प्रकृति अुनसरा १५ लाख देखि ५ करोडसम्म ऋण प्रवाह गर्ने संस्थाले जनाएको छ ।

संस्थाले मौरीपालन, कौसी खेती, पशुपन्छी पालन, च्याउ उत्पादन, माछा पालन, खेतीबाली, नर्सरी र डेरी सम्बन्धी तालिम सञ्चालन गरी संस्थामा आवद्ध सदस्यहरुलाई उद्यमशील बनाउने लक्ष्य राखेको छ ।संस्थाले सदस्यहरुलाई एटिएम, स्मार्ट बैंकिङ्ग, डिजिटल फाइनान्सियल सर्भिस र इ–पे मेसिन लगायतबाट आधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको छ । व्यापार व्यवसाय, कृषि, पशुपालन, आवास, घरायसी, शैक्षिक, लघुउद्यम, जग्गा खरिद आदि शीर्षकमा संस्थाले सदस्यहरुलाई ऋण प्रवाह गर्दै आएको छ ।



Leave a comment