हाइलाइट

सीतापाईला सहकारीको २१ औ वार्षिक साधारण सभाको समापन पुष २५ गते

सीतापाईला सहकारीको २१ औ वार्षिक साधारण सभाको समापन पुष २५ गते :: Sahakari Akhabar

काठमाडौं ।  सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाको २१ औ वार्षिक साधारण सभाको समापन पुष २५ गते हुने भएको छ ।  पौष १६ गतेबाट सदस्यको उपस्थिति रहनेगरी सभा आज (१६ गते) बाट शुभारम्भ भएको हो । पुष १६ गतेदेखि २४ गतेसम्म विभिन्न ७ स्थानबाट उपस्थिति सभा शुभारम्भ गरिएको संस्थाका अध्यक्ष केदार मानन्धरले जानकारी दिए ।

संस्थाले नागार्जुन नगर पालिकाको सीतापाईला उच्च मा.वि.मा संस्थाका कोषाध्यक्ष हारुण रसिद, रामकोट क्षेत्रको नागार्जुन वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र बुढाथोकी, म्युचुअल सेवा केन्द्र कालिमाटीमा संस्थाका सल्लाहकार श्रीमती सिर्जना खड्का, इचंगु सेवा केन्द्रमा संस्थाका जेष्ठ सदस्य आङ्ग छिरिङ्ग शेर्पा र चन्द्रागिरी नगर पालिका क्षेत्रको संस्थाका शिक्षा उप समितिका सदस्य श्रीमती रुक्मिणी गिरीले उपस्थिति पुस्तिकामा दस्तखत गरि सदस्य उपस्थिति सुरुवातको शुभारम्भ गरेका हुन् ।

पुष २५ गते समापन कार्यक्रम सदस्यहरुले जुम तथा फेसबुक बाट प्रत्यक्ष प्रशारण गरिने र सहभागिहरुलाई जानकारी दिने तयारी गरिएको अध्यक्ष मानन्धरले बताए । संस्थाको प्रतिवेदन धधध।कष्mअयक।अयm।लउ बाट मयधलयिबम गरी अध्यन गर्न सकिने संस्थाले जनाएको छ । 

 



Leave a comment