झापा । शिवसताक्षी नगरपालिकामा रहेको उज्वल महिला कृषि सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले गत आ.व. ०७६÷०७७ मा ४ लाख बढी मुनाफा गरेको जनाएको छ ।
साधारणसभामा संस्थाका लेखा संयोजक जगतबिर लिम्बुले बार्षिक प्रतिवेदन अनुसार ४ लाख ५३ हजार १ सय ८३ रुपैँया मुनाफा गरेकोको बताए । संस्थाले १९ लाख ६६ हजार ४ सय ९ रुपैयाँ कुल आम्दानी गरेको छ भने कुल खर्च तर्फ १५ लाख १० हजार २ सय २६ रुपैयाँ खर्च गरेको छ । यस्तै आफ्नो बार्षिक साधारणसभामा संस्थाले उत्कृष्ट कर्मचारीतर्फ कमला रोक्का, असल ऋणी तर्फ माया कुँवर, असल बचतकर्तामा गीता कडरीया ढकाल, उत्कृष्ट कृषकमा धनकुमारी राजवंशी लगायतलाई सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख चन्द्र कुमार शेर्माले महिला उद्यमीहरुलाई शुलभ ब्याजद्वरा ऋण दिने र संस्थाको भवन निर्माणमा थप सहयोग गर्ने बताए । संस्थाकी अध्यक्ष विष्णुकुमारी चाम्लागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उप प्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राई, वडा नम्बर ६ का अध्यक्ष मनोज कार्की लगायतको उपस्थिति रहेको थियो ।
Leave a comment