ललितपुर । कुमारीपाटीमा रहेको जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको तेश्रो वार्षिक साधारणसभा समपन्न भएको छ । संस्थाका अध्यक्ष अविनाश कार्कीले ललितपुरलाई आफ्नो कार्यक्षेत्र बनाई शेयरसदस्यहरुबाट बचत तथा ऋणको कारोबार गरी कृषिजन्य उत्पादन तथा प्रशोधनको क्षेत्रमा केन्द्रित रहेर संस्था अगाडि बढेको बताए ।
आर्थिक, सामाजिक रुपान्तरण नै सहकारीको मूल ध्येय भएकाले सोही अनुसार संस्थाले निम्न र मध्यम आय भएका मजदुर, व्यवसायी, कृषक, शिक्षक बाट ससानो पूँजी संकलन गरी उनीहरुको आर्थिक स्तर वृद्धिमा लगानी गर्दै आएको उनले जनाए ।
संस्थामा गत आ।व।को अन्त्य सम्ममा ११ सय सदस्य, ९२ लाख १० हजार शेयरपूँजी, १६ करोड ७७ हजार बचत संकलन र ९ करोड ९५ लाख ५५ हजार ऋण लगानी गरेको छ । संस्थाले यस आर्थिक वर्षमा सदस्यहरुको आवश्यकतालाई मध्यनजर गरी सेवा केन्द्र विस्तार, सहकारी सम्बन्धी जनचेतना कार्यक्रम, अवलोकन भ्रमण, महिलाहरुलाई उद्यमशील बनाउन बिना धितो कर्जा, सदस्यको माग अनुसार सीपमूलक तालिम र विभिन्न विधामा सम्मान जस्ता कार्यक्रमहरु आयोजना गरिने अध्यक्ष कार्कीले उल्लेख गरे ।
Leave a comment