लतिपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संस्थाहरुलाई चारवटा शिर्षकमा ७.५प्रतिशतमा कर्जा दिने भएको छ । बैंकले प्रदान गर्ने कर्जाको ब्याजदर घटाएर न्यूनतम ७ दशमलव ५ प्रशित कायम गरेको हो ।
गत भदौमा सिंगल डिजिटको कर्जा बनाएको बैंकले पुस १० गतेदेखि लागु हुने गरी नयाँ ४ वटा कर्जाको ब्याजदर न्यूनमत ७ दशमलव ५ प्रतिशत कायम गरेको हो । बैंकले थपेको सवल सहकारी कर्जा, गरिवी निवारण कर्जा, अल्पकालिन व्यवसायिक कर्जा र व्यवसायिक किस्ताबन्दी कर्जामा ७ दशमलवव ५ देखि देखि ९ दशमलव ५ सम्म कायम गरिएको जनाएको छ ।
बैंकले कर्जा लगानीमा ब्यवस्थापन शुल्कमा समेत परिमार्जन गरेको छ । चालुपूँजि कर्जामा शुन्य दशमलव ७५ र अन्य कर्जामा शुन्य दशमलव ५ प्रतिशत लिदै आएको बैंकले सबै कर्जामा ब्यवस्थापन शुल्क शुन्य दशमलव ५ प्रतिशत कायम गरेको छ । बैंकले कर्जाको ब्याजदर घटाए पनि बचतको ब्याजदर भने घटाएको छैन । सहकारी क्षेत्रको कुनै पनि संघ संस्थाले ब्याजको कारण कर्जाको लागि अन्य निकायमा जानु पर्ने अवस्था हटाउने र संरक्षित पूँजिफिर्ता कोषको फाइदा र महत्व अनूभूति समेत गराउन बैंक प्रयासरत रहेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए ।
बैंकले गत आर्थिक वर्षको कारोबारबाट सदस्य संस्थाहरुलाई १५ प्रतिशत मुनाफा वितरण गरेको र कारोबारका आधारमा संरक्षित पूँजिफिर्ताकोषबाट सदस्य संस्थाहरुलाई १२ करोड ७० लाख भन्दा बढी रकम भुक्तान गर्ने तयारीमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।
Leave a comment