हाइलाइट

बागलुङ दूग्ध उत्पादक सहकारी संघको १९ औं वार्षिक साधारण सभा सम्पन्न

बागलुङ दूग्ध उत्पादक सहकारी संघको १९ औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

बागलुङ, ८ पुस । बागलुङ दूग्ध उत्पादक सहकारी संघको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघले १४ वटा दुग्ध उत्पादक सहकारीहरुमार्फत २ हजार जना किसानलाई प्रत्यक्ष उत्पादनमा लाएर आयआर्जन गराउन सफल भएको बताएको छ । कार्यक्रममा संस्थाबाट सेवा निवृत हुन लागेका भएका प्रवन्धक धरणीधर सापकोटालाई सम्मान गरीएको थियो ।

कार्यक्रममा संस्थाका सचिव रामबहादुर हमालले प्रगती प्रतिवेदन, कोषाध्यक्ष डिलाराम कंडेलले आर्थिक प्रतिवेदन, लेखा समिति सदस्य गुणाखर कंडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संघका अध्यक्ष दिपक गौतमले संघले दुग्ध सहकारीमा आवद्ध सबै किसानको मर्मअनुरुप काम गरेको र उनीहरुलाई आर्थिक रुपमा सवल बनाउने तर्फ अगाडी बढेको बताए ।

कार्यक्रममा संस्थाले आर्थिक वर्ष ०७६।०७७ मा  ४ करोड ७ लाख ३५ हजार पांच सय २७ को कारोबार गरेको थियो । संस्थाको शेयर पूँजी १ करोड ८९ लाख ७ हजार र स्थिर सम्पत्ति १ कारोड ४२ लाख ५४ हजार ११ रुपैया रहेको संस्थाका कोषाध्यक्ष  डिलाराम कंडेलले जानकारी गराए ।



Leave a comment