महिलाहरु आरक्षणमा मात्र सीमित हुनु हुँदैन : ओमदेवि मल्ल

महिलाहरु आरक्षणमा मात्र सीमित हुनु हुँदैन : ओमदेवि मल्ल :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवि मल्लले महिला सशक्तिकरणमा उल्लेख्य योगदान पुर्याउदै आएको सहकारी अभियानमा संलग्न महिलाहरुले आफ्नो छुट्टै पहिचान स्थापित गर्नुपर्ने बताएकी छन् । बांकेको वैजनाथमा रहेको देउराली कृषि सहकारी संस्थाको पौष ४ गते ११ औं वार्षिक साधारण सभाको शुभारम्भ कार्यक्रममा मल्लले सहकारी संस्थाहरुमा महिलाहरुको सहभागिता अत्यधिक रहेको भन्दै आरक्षणमा मात्र सीमित नरही क्षमता अभिवृद्धि गर्दै आफ्नो पहिचान स्थापित गर्नुपर्ने वताइन् ।

सभामा लुम्विनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले संस्थामा आवद्ध महिलाहरुले साडी मात्र नफेरी मुहार फेर्न सफल भएको, जसको घर छैन उसको भर छैन भन्ने उखान झै संस्थाको सुविधासम्पन्न भवनले संस्थाप्रति सदस्यहरुको विश्वास आर्जन भएको वताए । राष्टिय सहकारी महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहांग सुव्वाले कोभिड १९ महामारीको वावजुद पनि संस्थाको कारोवार वृद्धि, व्यवसाय विविधिकरण र अन्य विभिन्न निकायको विश्वास आर्जन गर्नुले संस्थाको संस्थागत स्थायित्व भएको वताइन् ।

१४ सय ३७ सदस्य रहेको उक्त संस्थाले २ कठ्ठा जग्गामा आफनै सुविधासम्पन्न भवन निर्माण गरी सुपथ मूल्य पसल संचालन, रासायनिक मल विक्री वितरण गर्दै आएको छ भने लुम्विनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा दूग्ध प्रशोधन कारखाना स्थापना गरेको जनाइएको छ ।



Leave a comment