बनेपा । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न सभामाअ राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा संस्थाका प्रमुख व्यवस्थापक के.वि लामाले समूहगत र क्षेत्रगत अवधारणामा संचालित विन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरि काभ्रेपलाञ्चोक तथा काठमाडौ जिल्ला भित्र १७९३ वटा समूह मार्फत ३८ हजार आठ सय १७ जना शेयर सदस्य र सात हजार नौ सय ५३ जना शैक्षिक बाल बचतकर्ता गरी कुल ४६ हजार सात सय ७० सेवाग्राही रहेको बताए ।
संस्थाले ३४ करोड ३८ लाख ९२ हजार छ सय शेयर पूँजी, २ अर्व ४४ करोड ८८ लाख १९ हजार बचत तथा निक्षेप र २ अर्व ५४ करोड ६५लाख ९७ हजार ऋण लगानी रहेको जानकारी गराए । संस्थामा ३ अर्ब ३८ करोड ६४ लाख ८४ हजार कूल सम्पति पु¥याउन संस्था सफल भएको संस्थाका प्रमुख व्यवस्थापक लामाले जानकारी दिए ।
संस्थाले वित्तीय कारोबार आलावा सदस्य सुरक्षण कार्यक्रम, लघुवित्त कार्यक्रम, लघु जीवन विमा, पशु विमा, बाली विमा, विपे्रषण, ज्ञानमा आधारित विशेष कृषि कार्यक्रम, स्थानीय तहको सहकारी कार्यक्रममा व्याज अनुदान, सहुलियत ऋण, सामाजिक तथा सामुदायिक कार्यक्रम गरेको जानकारी दिए । साथै सदस्यहरुलाई अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, ट्वावलेट बैकिङ्ग, एटिएम सेवा, बैंक र संस्था बिच फण्ड ट्रान्सफर सेवा लगायतका कार्यहरु गर्दै आएको समेत प्रमुख व्यवस्थापकले सभामा जानकारी गरएका थिए ।
मंसिर १० देखि २४ गते सम्म २३ स्थानबाट सदस्य उपस्थिति भेला गराई सोही स्थानबाट क्षेत्रगत साधारण सभा प्रतिनिधि चयन गरी २०७७ मंसिर २७ गते सम्पूर्ण सेवा कार्यालयमा एकै दिन क्षेत्रगत साधारण सभा संचालन गरेको संस्थाले प्रतिनिधिहरुको उपस्थितिमा २७औं साधारण सभा समापन गरेको हो । सस्थाले आर्थिक वर्ष ०७८/७९ मा ५० हजार आठ सय ४७ सदस्य, चार अर्ब ६१ करोड ४७ लाख तीन हजार कूल सम्पत्ति एवं पूजी तथा दायित्व पुर्याउने लक्ष्य रहेको जानकारी दिए ।
साधारण सभा समापन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले वित्तीय सेवामा उत्कृष्टता हाँसिल गरेको र अब सदस्यको जीवनयापनका लागि उत्पादन र ब्यवसायसंग जोडिने खालका कार्यक्रमहरु संचालन गर्नु पर्ने बताए । सरकारले सहकारीमैत्री कानुन ल्याउन नसकेको र सोको लागि महासंघले पहल पैरवी कदम चालेको बताए ।
संस्थाले साधारण सभाको अवसरमा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघको नवनिर्वाचित अध्यक्ष उद्धव सापकोटा, संचालक सदस्य प्रकाश बन्जारा एवं वागमती प्रदेश सहकारी संघका संचालक कृष्ण प्रसाद तिमल्सिना र फलफूल तरकारी तथा विउविजन कृषि केन्द्रीय सहकारी संघका नव निर्वाचित अध्यक्ष विनोद पराजुलीलाई बधाई तथा सम्मान गरेको थियो ।
Leave a comment