कर्णाली साकोसको २० औ वार्षिक साधारणसभा सम्पन्न

कर्णाली साकोसको २० औ वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २० औ वार्षिक साधारणसभा पुष ४ गते सम्पन्न भएको छ । प्रमुख अतिथि संघीय सभासद पवित्रा निरौला खरेल रहेको सभामा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनका अनुसार संस्थाको चुक्ता शेयरपुँजी २८ करोड ३ लाख ५१ हजार ५ सय रुपैयाँ रहेको छ । संस्थाले आव २०७६÷७७ मा ५ करोड ३८ लाख ६१ हजार ६ सय १० रुपैयाँ नाफा गर्न सफल भएको जनाएको छ । संस्थाले लकडाउनका समयमा सदस्य तथा गैर सदस्यलाई स्थानीय सरकारको साझेदारी कार्यक्रम अन्र्तगत झापाका १५ वटै स्थानीयतहलाई ८ लाख रुपैयाँ प्रदान गरेको, पिसिआर परिक्षण उपकरण खरिदका लागि एकलाख ११ हजार, सहयोग गरेको, लकडाउन अवधिमा ऋणि सदस्यहरुलाई ३५ लाख ४३ हजार ७ सय ३१ रुपैयाँ ब्याज छुट गरेको, लकडाउनका समयमा निम्न आय भएका तथा मजदुरी गर्ने सदस्यलाई जिविकोपार्जन तथा व्यवसाय पुर्नस्थापित गर्न ५ हजार ३ महिनाका लागि विना ब्याज र १० हजारसम्म १० प्रतिशत व्याजमा कर्जा सापटि दिएको बताए ।

त्यसैगरी आव २०७६/७७ मा सदस्य उपचार कोषमा आवद्ध विरामी सदस्यलाई ३३ लाख २३ हजार ५ सय ६३ रुपैयाँ उपचार खर्च, कर्जा संरक्षण कोषमा आवद्ध भई मृत्यु भएका सदस्यका नामको २३ लाख ३४ हजार २ सय २४ रुपैयाँ कर्जा मिनाह, जीवन तथा आवास कोषमा आवद्ध सदस्य र उनीहरुका परिवारका सदस्यको मृत्युमा ३१ लाख १९ हजार ८ सय रुपैयाँ काजक्रिया खर्च वितरणलगायत कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । संस्थाले आर्थिक बर्ष २०७६/७७ मा गरेको ३३ हजार ९ सय ५९ जना शेयर सदस्य र कर्मचारी एकसय ७४ जना रहेको बताइएको छ । सहकारी एकिकरण नीति अनुसार संस्थाले ३ बटा सहकारी संस्थाहरुसँग एकिकरण गरेको छ । दमक–६ को उद्धार बचत तथा ऋण सहकारी, अर्जुनधारा–६ को गतिशिल कृषि सहकारी र शिवसताक्षिको ग्रामिण कृषि सहकारीसँग एकिकरण गरिसकेको र एकिकरण नीतिलाई निरन्तरता दिइने जनाइएको छ ।
 



Leave a comment