काठमाडौं पुष ४ । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको १७ औं बार्षिक साधारण सभा भर्चुअलरुपमा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले संस्थाको आर्थिक वर्ष ०७६/०७७ को प्रगती प्रतिवेदन तथा ०७७/०७८ को निती, कार्यक्रम तथा वार्षिक बजेट सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले बन्दाबन्दीको समयमा पनि संस्थाले सदस्यहरुलाई ३६५ दिनै सेवा दिएको बताए । उनले भने ‘हामीले प्रशासनले रोक्दा पनि, अरु बैंक वित्तिय संस्थाले सेवा ठप्प पारेको समयमा पनि लुकेर सेवा दियौं, हाम्रो सेवा पाएर सदस्यका आँखामा हर्षका आँशु आए ।’ सदस्यले बचत झिक्न पाउँदापनि सित्तैमा पैशा पाएको जस्तो अनुभव गरेका छन् ।
टाढा टाढाबाट एटिएम सेवा लिन आएको उनले बताए । सभामा संस्था पूर्ण प्रबिधिमैत्रि बनेको र देशभरिका कुनैपनि बैंकको एटिएम मार्फत संस्थाको सेवा लिन सकिने जानकारी गराए । संस्थाले संचालन गरेको एसएमएस मोबाइल बौंकिङ, एटिएम सेवा प्रयोग गर्न सदस्यलाई आग्रह गरे । उनले संस्थाले सदस्यलाई आर्थिक कारोबारमा मात्र सहभागीता नगराएर उनीहरुको सामाजीक र सास्कृतिक पक्षमा पनि सहयोग गरेको बताए ।
उनले भने सदस्यको नवजात शिशुको नाममा निशुल्क खाता खोल्ने, बाल बचतकर्ताहरुकालागि जन्मदिनको उपहार प्रदान गर्नै, मृत सदस्यको परिवारकालाई ५ हजार राहत दिने कार्यलाई निरन्तरता दिएको छ । त्यसैगरी सदस्यलाई घातक रोग लागेर आपत पर्दा ५० हजार सम्म उपचार खर्च सहयोग गरेको जानकारी दिए ।
संस्थाले यस आवमा ८ करोड १८ लाख ५ हजार २ सय रुपैंया शेयर पूंजी, १ अर्व ३५ करोड ४२ लाख ८० हजार ३७ रुपैंया बचत संकलन, १ अर्व ५ करोड १६ लाख ३९ हजार ४ सय ९५ रुपैंया ऋण लगानी गरेको जानकारी दिए । १ अर्व ५५ करोड ७ लाख २९ हजार ३ सय ५१ रुपैंयाको कुल कारोबार गरेको संस्थाले १ करोड ३३ लाख ९ हजार ९२ रुपैंया खुद नाफा गरेको छ भने सदस्यहरुलाई १० प्रतिशत लाभांश बितरण गर्ने जनाइएको छ ।
साधारण सभाको अवसरमा संस्थाले विभिन्न ब्यत्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
संस्थाले जेष्ठ नागरिक सदस्य धन बहादुर बस्नेत, शिवरत्न अटल, मति साबित्रि शर्मा, श्यामलाल श्रेष्ठ र मति मिरा गर्गलाई सम्मान गरेको छ । त्यसैगरी सक्रिय शेयर सदस्य मति पार्बती वैध र रमेश अग्रवाललाई सम्मान गरेको छ । त्यसैगरी बाल बचतकर्ता इप्सित श्रेष्ठ र करीना मालीलाई पनि सम्मान गरेको छ ।
संस्थामा लामो समय रहेर सेवा गर्ने कर्मचारीहरुलाई पनि साधारण सभाको अवसरमा सम्मान गरिएको छ । कर्मचारीहरुमा १५ वर्ष देखि कार्यरत प्रबन्धक मुख्य कार्यालय, अपरेशन एण्ड मेम्बर सर्भिसकी किशोरी सिंहलाई सम्मान गरेको छ । त्यसैगरी १० वर्ष सेवाअवधि पुरा गरेका राज कुमार राउत, शम्भु प्रसाद सापकोटा र गाबिन्द नेपाल पनि सम्मानीत भएका छन् । ५ वर्ष सेवाअवधि पुरा गरेका प्रदिप रेग्मी, साबित्रि नेपाल, रुपा पनेरु, प्रशंसा न्यौपाने, निता थापा श्रृजना लामा, ज्ञानु न्यौपाने तथा सुरक्षा गार्ड लक्ष्मण बस्नेत र ओम प्रसाद सुबेदी पनि सम्मानीत भएका छन् ।
त्यसैगरी संस्थाले यो वर्षको उत्कृष्ट कर्मचारी स्टाफ अफ द इयरको रुपमा सुर्यबिक्रम खड्का दश हजार, फडिन्द्र ढकाल सात हजार र रुपा पनेरु पाँच हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । संस्थाका जेष्ठ सदस्य दामोदरप्रसाद बास्कोटाको प्रमुख आतित्थ्यतामा सम्पन्न सभामा संस्थाका लेखा समिति संयोजक किरणकुमार श्रेष्ठले आर्थिक वर्ष ०७६/०७७ को लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
Leave a comment