काठमाडौं । सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले नियम र व्यवस्थापन अभावमा सहकारीमा उच्च जोखिम रहेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजले शुक्रबार काठमाडौमा आयोजना गरेको ‘सहकारीमा गुणस्तर मापन’ सम्बन्धी अन्र्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दकालले सहकारीको स्वामित्व सहकारीले लिन नसकेको र नियमनमा समस्या रहेको बताए ।
राष्ट्र बैंकले सहकारीलाई नियमन गर्न नमान्दा सहकारीमा दिनप्रतिदिन समस्या बढ्दै आएको उनको भनाइ छ । सहकारीको नेटवर्क समस्या रहेको उनले बताए । जनताको पैशा सुरक्षित गर्न सहकारी क्षेत्र चुकेको उनले भनाई छ । व्यवस्थापन कमजोर हुँदा सहकारीमा दिनप्रतिदिन समस्या आएको उनले बताए । सबै सहकारीको ब्राण्डिङ गर्न आवश्यक नभएको उनले बताए । बैंक र नेफ्स्कूनले ब्रान्डिङ गर्ने दोहोरोपना भएको उनको भनाइ थियो । सहकारीका समस्या समाधान गर्न राज्य र अभिायनका निकाय सम्मिलित छुट्टै नियामक निकाय बनाउन आवश्यक भएको उनको भनाइ छ ।
१८ महिनाभित्र सहकारी नियमन हुनुपर्ने र संस्थाको क्षमता वृद्धिमा ध्यान जानुपर्ने उनको भनाइ छ । सहकारीको संख्या थोरै तर शाखाहरु धेरै हुनसक्छन्, ब्राण्डले सहकारी चिनाउँछ’ उनले भने । राम्रो गर्ने सहकारीलाई प्रोत्साहन र नराम्रो गर्ने सहकारीलाई सजाय दिनुपर्ने उनले बताए । अभियानले सहकारीको ब्राण्डिङ गर्न ध्यान दिनुपर्ने उनले बताए । सहकारीमा सुपरभिजन र ब्राण्डिङ अलगअलग भएकाले नियमन निकायले त्यसरी नै हेर्नुपर्ने उनको भनाई छ ।
Leave a comment