हाइलाइट

मिलिजुली साकोसको ब्राण्डिङ विवादको प्रतिवेदन छिट्टै सार्वजनिक हुन्छः परितोष पौड्याल

मिलिजुली साकोसको ब्राण्डिङ विवादको प्रतिवेदन छिट्टै सार्वजनिक हुन्छः परितोष पौड्याल :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले दोलखाको मिलिजुली बचत तथा ऋण सहकारीको ब्राण्डिङ बिवादको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाजले शुक्रबार काठमाडौमा आयोजना गरेको ‘सहकारीमा गुणस्तर मापन’ सम्बन्धी अन्र्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पौड्यालले कोभिड र चाडपर्वका कारण प्रतिवेदन आएपनि सार्वजनिक गर्न नपाएकोले अब चाँडै सार्वजनिक गरिने बताए । उनले ‘सम्झौता अनुसार नै सहकारी विभाग र नेफ्स्कून सहकार्य गरी सहकारीको प्रमाणाीकरण गर्दै आएका थियौं’ ‘अहिले विभागले हात झिकेपछि छुट्टै कार्यविधि बनाउन लागेका छौं ।’ 

ब्राण्डेड भएका सहकारीले दिने बचतमा ब्याज बढी र ऋणमा सुलभ कर्जा पाइरहेको उनले दावी गरे । पारिवारिकरुपमा चलेका सहकारीको पनि वित्तीय सुचांक राम्रै देखिएपनि सोचेर मात्रै ब्राण्डिङ गर्न लागिएको उनको भनाइ छ । ब्राण्डिङमा परेको सहकारी वडा अध्यक्षसमेत रहेको पाइएपछि अध्यक्षले ब्राण्डिङका लागि राजीनामा दिएको उनले बताए ।

उनले विश्व ऋण परिषद्ले चार सिद्धान्त जारी गरेको मध्ये गुणस्तर मापनलाई पनि उच्च प्राथमिकतामा राखेको बताए । वित्तीय सहकारीमा सेफ्टी एण्ड साउन्ड सिष्टम जोडिएर आउने भएकाले ब्राण्डले सुरक्षाले महत्वपूर्ण योगदान दिने बताए । वित्तीय सहकारीमा चुनौती बढी हुने र स्थरीकरण कोषले चुनौती निराकरण गर्न सघाउ पुर्उाउने उनले बताए ।

सहकारी विभागसँग सहकार्य गरेर प्रोबेसन ब्राण्ड सुरु गर्दैै प्रमाणाीकरण प्रक्रिया अघि बढाइएको उनले बताए । सूचांकमा फेरबदल गर्दै नेपालमैत्री बनाइएको छ, उनले भने । प्रोबेसन, स्थरीकरण र जोखिममा आधारित साकोस सुपरीपेक्षण कार्यक्रमका माध्यमबाट सहकारीको गुणास्तर मापन गर्दैै आएको उनले बताए । स्थरीकरण कार्यक्रम र स्तरीकरण कोषले सहकारीको सुरक्षा प्रदान गर्ने र सुद्धिकरण सुदृढिकरणमा सघाउ पुग्ने उनको भनाइ छ ।

देश संघीयतामा गएसँगै प्रदेश र स्थानीय तहले सहकारीको सुपरीवेक्षण गर्न समस्या परेको उनले बताए । प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र परेका सहकारीलाई विभागले प्रमणीकरण नगर्ने तर क्षेत्राधिकार भन्दा बाहिरका सहकारी नियमन गर्नु उचित नभएको बताए ।

प्रदेश र स्थानीय तहको साझेदारीमा जोखिममा आधारित सुपरीवेक्षण कार्यक्रम अघि बढाइएको अध्यक्ष पौड्यालले भने । प्रमाणाीकरणबाट विभाग पछि हटेपनि एशियाली ऋण महासंघ र विश्व ऋण परिषद्को सहकार्यमा नेफ्स्कूनले प्रमाणीकरण निरन्तरता दिदैँ आएको उनले बताए । सहकारीको डिजिटाइजेसन र गुणस्तरीयता सुनिश्चिततामा विशेष ध्यान दिएर अघि बढ्ने उनले बताए । आइएसओ तहका लेखापरीक्षकका सहकारीको नियमन गर्दै ब्राण्डिङ गर्ने उनको भनाइ छ ।



Leave a comment