हाइलाइट

सिवाईसी साकोसको ११ औं वार्षिक साधारणसभा सम्पन्न

सिवाईसी साकोसको ११ औं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड–१९ को महामारिका बीच स्वास्थ्य मापदण्डलाई पालना गर्दै ११ वटा कार्यालय अन्तर्गतका सदस्यहरुसँग विस्तारित मञ्चमा छलफल पश्चात प्रतिनिधिमूलक साधारण सभा २५ मंसिर सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ठ वचतकर्ता सदस्य, उत्कृष्ट वालबचत कर्ता, असल ऋणी (उद्यमी) एवं असल सदस्य गरी ४४ जना सदस्यलाई सम्मान गरेको छ । त्यस्तै उत्कृष्ठ सदस्य सेवा केन्द्रको रुपमा उद्यमशील सदस्य सेवा केन्द्र, विहु र उत्कृष्ठ कर्मचारीको रुपमा वरेङ सदस्य सेवा केन्द्र वाटाकाचौरका प्रमुख उषा किसानलाई सम्मान गरेको छ । सहकारी प्रवद्र्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बरेङ गाउँपालिका बागलुङलाई पनि सम्मान गरिएको थियो । ७० वर्ष उमेर पुगेका जेष्ठ शेयर सदस्यलाई मासिक १ हजार पेन्सन वितरण गर्दै आएको सहकारीले ११ औ वार्षिक साधारण सभाको अवसरमा ८० वर्ष उमेर पुगेका ३२ जना जेष्ठ शेयर सदस्यलाई व्यक्तिगत तथा स्वास्थ्य उपचार खर्चको लागि जनहि ५ हजारको दरले  १ लाख ६० हजार वितरण गरेको छ ।

आार्थिक वर्ष ०७६/०७७ मा सदस्यहरुलाई संरक्षित पूंजि फिर्ता कोषको रकमबाट बचतमा ४० प्रतिशत र ऋणमा ६० प्रतिशतका दरले बिभाजन गरी उत्कृष्ट १० शेयर सदस्यहरुलाई साधारण सभाको अवसरमा रकम वितरण गरिएको छ । सो अवसरमा बागलुङको चारतारे युवा क्लव नेपाल बागलुङले सवै भन्दा वढी २ लाख ५१ हजार ७ सय २२ रुपैया संरक्षित पूंजि फिर्ता कोषवाट प्राप्त गरेको छ । संस्थामा हाल १२ हजार ६ सय ५ जना शेयर सदस्य, शेयर पुजी २२ करोड ७६ लाख, वचत १ अर्ब ३२ करोड ४८ लाख ३२ हजार वचत रहेको छ । लगानीमा रहेको ऋण रकम ९४ करोड ३३ लाख ८२ हजार र १ अर्व ७६ करोड ३९ लाख ७१ हजार वरावरको कुल सम्पती रहेको सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले जानकारी दिए । हालसम्म २८ वटा संस्था एकीकरण गरेकोमा ७ वटा संस्थाहरुसँग एकीकरणको छलफल अघि बढेको संस्थाले जनाएको छ ।

सभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीहरुले नेपालको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेलेको सहकारी क्षेत्रलाई डिजिटल माध्यमवाट कारोवार गर्न आवश्यक रहेको बताए । पौडेलले अव बैंकमा जस्तै सहकारीहरुबीच पनि विद्युतीय माध्यमबाट अन्तर सहकारी कारोवार  हुने व्यवस्था मिलाउन थालेको वताए । कार्यक्रममा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीले स्थानिय तहसँग समन्वय गरी उद्यमशीलता विकास र रोजगारी सृजना गर्ने काम गर्नुपर्ने वताए । सहकारीका संचालन सदस्यमैत्री भएमात्रै सदस्यले सर्वसुलभ सेवा पाउने उनको भनाई थियो ।

कार्यक्रममा सहकारीका सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, जैमिनी नगरपालिका नगर प्रमुख इन्द्रराज पौडेल, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज  राजभण्डारी, गलकोट सदस्य सेवा केन्द्र संचालक समितिका संयोजक राम वहादुर खत्री लगाएतले शुभकाना मन्तव्य व्यक्त गरेका थिए । संस्थाको जिल्लाभर १० वटा सेवा केन्द्र र १ केन्द्रीय कार्यलय रहेका छन् ।



Leave a comment