आदर्श सञ्चारकोे साधारण अन्तर्गत बानपा ५ देखि १४ को साधारणसभा सम्पन्न

आदर्श सञ्चारकोे साधारण अन्तर्गत बानपा ५ देखि १४ को साधारणसभा सम्पन्न :: Sahakari Akhabar

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको एकाईगत १४ औँ साधारण सभा अन्तरगत बागलुङ नगरपालिका वडा नम्बर ५ देखि १४ सम्मको एकाई सभामा बुधवार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाका सदस्य बलावती शर्माले सहकारीले गरिब निमुखाको जीवनस्तर उकास्नमा भूमिका खेल्नु पर्ने बताइन् । उनले सहकारीले बजार केन्द्रीत नभइ गाउँ–गाउँमा पुगेर गरिबहरुको दैनिकी बदलिनु पर्ने भन्दै नाफासँगै सेवा मुलक काम गर्नु पर्ने, सहकारी महिला, बालबालिका र गरिबको साझा चौतारी बन्नु पर्नेमा बताइन् ।

कार्यक्रममा संस्थाका सचिव लालिता थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष पूर्णबहादुर कार्कीले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक थानेन्द्र गौतमले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै सम्पादक रामबहादुर जिसीले रणनीतिक योजना, शेयर सदस्यको भूमिकाको बारेमा बिचार राखे । कार्यक्रममा संस्थाले उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य खिमबहादुर केसी, जीवन जिसी, गीता खड्का, अनिश खाती, हायश्वर सुवेदी, केशवराज पौडेल, लेखबहादुर जिसी, चम्फा कुमारी घर्ती क्षेत्री, माानबहादुर कार्की, पूर्णबहादुर कार्की, श्यामबहादुर कार्की, मञ्जुमाया क्षेत्री, चन्द्रबहादुर क्षेत्री, बुधराज खड्का, रोमबहादु थापा, गोमा केसी, लक्ष्मीप्रसाद शर्मा, बुधकुमारी केसीलाई सम्म्मान गरेको छ ।

त्यस्तै दीर्घकालीन तर्फ उत्कृष्ट हुने शेयर सदस्य चिनीमाया काला मगर, खेमराज गौतम सुवासलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्जा तर्फ चुडामणी आचार्य र लक्ष्मी मल्ललाई सम्मान गरेको छ ।कार्यक्रम संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)को अध्यक्षता, सह–सचिव सरस्वती खड्का परियारको स्वागत र सह–सम्पादक सिर्जना पन्तको संचालनमा संचालनमा सम्पन्न भएको थियो । संस्थाको एकाईगत साधारण सभा २० गतेदेखि काठेखोला गाउँपालिकाबाट सुरु भएको थियो । बिहीबार बागलुङ नगरपालिका वडा नं. ३ र ४ को तथा शुक्रवार वडा नं. १ र २ को एकाई सभा गरिने भएको छ । ७ वटा एकाई सभाबाट छनोट भएका प्रतिनिधिहरुको सभा आगामी २७ गते सभा सम्पन्न हुने संस्थाका प्रबन्धक दिपकराज सापकोटाले बताए ।



Leave a comment