दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको एकीकरण पछिको प्रथम संयुक्त साधारणसभा पौष ९ गतेदेखि १३ गतेसम्म ह’ने भएको छ । संस्थाले सूचना जारी गरी साधारण सभा हुने मितिको जानकारी गराएको हो ।
संस्थाको २७ औं बार्षिक साधारण सभा तथा एकिकरण पछिको पहिलो सभा हुने जनाएको छ । संस्थाले पौष २ गते बिहिवार बिहान १०ः०० बजे बाट स्थानिय एफ.एम. मार्फत् बार्षिक साधारणसभाको प्रतिवेदन बाचनको प्रत्येक्ष प्रसारण गरीने जनाएको छ । साथै संस्थाको वेवसाईट www.milijuli.coop.np मा बार्षिक प्रतिवेदन राखिने जनाएको छ ।
पौष ९ गते क ) सुनखानी क्षेत्र कालिका मा.बि., बिद्या बिकास बोर्डिड्ड स्कुल र देविस्थान नि.मा.वि. ख) बाबरे क्षेत्र – ( निकोभुमे मा.बि., मिलिजुली आधारभुत बिद्यालय, भगवती मा.बि र हिलेपानी संस्कृत मा.बि.)ग) सिंगटी क्षेत्र ( पुरानो सुरक्षा होटल, भैरवेश्वर मन्दीर र थामीचागु)
पौष १० गते : क) मागापौवा काटाकुटी क्षेत्र – ( जलजले कृषि भवन, कालिभुमि मा.बि., लाम्चे आहाल र बिरेन्द्र मा.बि.) ख) फस्कु क्षेत्र ( गोठपानी संस्थाको सेवाकेन्द्र, स्वास्थ्य चौकी र सागुते मा.बि.) ग) नाम्दु क्षेत्र ( घिमिरेटार प्रा.वि., बैतेश्वर मा.बि., खगालेश्वर प्रा.वि., गाउँघर क्लीनक र क्षेत्रावती मा.बि.
पौष ११ गते : क) भीनपा ३ क्षेत्र ( सागरथली मैदान, सृजनसिल सामुदायिक भवन, स्वामीको बोट, कालिञ्चोक मा.बि., पशुपतिकन्या मन्दीर मा.बि., भीमेश्वर प्रा.वि. र ए.वान. पार्टि प्यालेस) ख) भीनपा ६ क्षेत्र (त्रिपुरा बोर्डिड्ड स्कुल, अल्पाईन बोर्डिड्ड स्कुल, चोथाड्ड प्रा.वि., बालबिकास केन्द्र लेखटोल, सिमपानी हल, सेतोगुराँस बालगृह )
पौष १२ गते : क) भीनपा १ क्षेत्र (पानीघाट मसानडाँडा र कुथली) ख) भीनपा २ क्षेत्र (चाथली सामुदायिक भवन, भीम मा.वि., राजकुलेश्वर प्रा.वि., दिलढुंड्डा सामुदायिक भवन, तिखातल प्रा.वि. र नागदह)
पौष १३ गते : क) भीनपा ४ क्षेत्र (सर्व मा.वि. टहले, चेतनसिल प्रा.वि. र सेतिदेवी प्रा.वि.) ख) भीनपा ५ क्षेत्र – (नयाँपुल बजार, बुढाभीमसेन मा.बि., महेन्द्रोदय मा.बि., बिसुन्टोल प्रा.वि. र होक्सीला सामुदायिक भवन) ग) भीनपा ७ क्षेत्र – (उखुवारी प्रा.वि, कुटिडाँडा मा.बि. र साखीने प्रा.वि.) घ) भीनपा ८ र ९ क्षेत्र (देवी मा.वि. बोच, पृथ्वीनारायण नि.मा.वि, देवी प्रा.वि. र कालिदेवी प्रा.वि.)
साथै बिद्यालय उपस्थिति स्थल भएको स्थानहरुमा बिद्यालय सञ्चालन हुने दिन बिद्यालयको आसपासमा उपस्थिति स्थल बनाईने संस्थाले जनाएको छ ।
Leave a comment