हाइलाइट

सहकारीकालागि अटो व्याकअप सिस्टमसहितको गुरु सफ्टवयर बजारमा

सहकारीकालागि अटो व्याकअप सिस्टमसहितको गुरु सफ्टवयर बजारमा :: Sahakari Akhabar

काठमाडौं । सहकारीकालागि अटो व्याकअप सिस्टमसहितको गुरु सफ्टवयर बजारमा आएको छ । सहकारी संस्थाको शेयर, बचत ऋण, इन्सुरेन्स म्यानेजमेन्ट, फाइल म्यानेजमेन्ट, एक्टिभिटी लग, अडिट लग, अटो बर्थडे मेसेजलगायत मुख्य फिचरका साथै डे क्लोज र अटो व्याकअप सिस्टम भएको कम्पनीले जनाएको छ ।

एस.एम.एस. बैंकिङ, मोबाइल बैकिंङ, ईन्टरनेट बैकिंङ, एटिएम बैंकिङ, मिस्ड कल बैंकिङ, टयावलेट बैंकिङजस्ता आत्यधुनिक सेवा सुबिधाका साथ गुरु ईन्फोसिस प्रा.लि.ले क्लाउडमा चल्ने कोर बैंकिङ सिस्टमको सहकारी सफ्टवयर बजारमा ल्याएको छ । मोबाइल बैकिङ् प्रयोग गरी सहकारीको खातादेखी बैंकमा रकमान्तर गर्न सकिने जनाएको छ । सहकारीका लागी चहिने सम्पूर्ण सेवा सुबिधा आफ्नै इकोसिस्टम बाट दिन सकिने भएकाले सहकारीले कुनै सेवा सुबिधा को थर्ड पार्टी खोज्नु नपर्ने बताएको छ ।

सफ्ट्वेर अत्याधुनिक, सजिलो हुनुका साथै सम्पती शुद्धिकरण जस्ता गुणस्तर सुनिश्चिततासँग सम्बन्धित समय सान्धर्भिक प्रतिबेदनहरु पनि सफ्ट्वेरमा समाबेस गरिएको बताएको छ । कम्पनीको न्युरोड, काठमाण्डौमा प्रधान कार्यलय तथा चितवन, नवलपुर, रुपन्देही, बर्दिया, कास्की, मकवानपुर, पर्सा, सुनसरी जिल्लामा सम्पर्क कार्यलय रहेका छन् ।



Leave a comment