हाइलाइट

शिद्धबाबा साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

शिद्धबाबा साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

सिन्धुली ।  शिद्धवावा वचत तथा ऋण सहकारी सस्थाको १३औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोकर्णप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका सचिव सारदाप्रसाद पहाडीले संस्थाको आर्थिक वर्ष ०७६/०७७ को वित्तिय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन अनुसार संस्थामा २४२ जना सदस्यहरु सहित कुल कारोवार १ करोड ३० लाख रहेको छ । संस्थामा १६ लाख ०७ हजार ८ सय शेयर पूँजी ८० लाख ५५ हजार वचत तथा ९९ लाख ९ हजार ८ सय ऋण लगानी रहेको छ । त्यसैगरी  संस्थाले २ लाख ९६ हजार १ सय १९ रुपैंया सचालन नाफा आर्जन गरेको छ । संस्थाले सदस्यहरुलाई १० प्रतिशतका शेयर लाभांस वितरण गर्ने जनाएको छ ।

साधारण सभाको अवसरमा संस्थाले लेखा तथा सुपरिवेक्षण समितिका सदस्य राम वहादुर थापालार्ई सम्मान गरको थियो । कमलामाई नगरपालिका सिन्धुलीका उप प्रमुख मंजु देवकोटाको प्रमुख आतित्थ्यता एवं जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुलीका अध्यक्ष बालकुमारी श्रेष्ठको विशिष्ठ आतित्थ्यता रहेको थियो ।



Leave a comment