हाइलाइट

बुद्धोदय साकोसको स्थापना दिवस तथा १२ औं बार्षिक साधारणसभा सम्पन्न

बुद्धोदय साकोसको स्थापना दिवस तथा १२ औं बार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

मोरङ । विराटनगर ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवस तथा १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बार्षिक साधारणसभामा अध्यक्ष राजेन्द्रप्रसाद खनालले २०६५ सालमा ६३ जना शेयर सदस्यले १२ लाख ६० हजार रुपैयाँ शेयर पुँजी उठाई शुरु गरेको सहकारीमा अहिले शेयर सदस्य ७३७ जना पुगेको र १ करोड ९३ लाख ५३ हजार २ सय शेयर पुँजी पुगेको जानकारी दिए । उनले निक्षेप बचत ८ करोड ५५ लाख १७ हजार ९८८ रुपैयाँ रहेको बताए । संस्थाले ११ लाख ७२ हजार ४ सय ९७ रुपैयाँ खुद आम्दानी गरेको छ ।

अध्यक्ष खनालले आगामी दिनमा उत्पादनमुलक कार्यक्रम सञ्चालन गर्ने बताए । संस्थाले व्यापार, पशुपालन, कृषि, वैदेशिक रोजगार, सवारी साधन खरिद, शैक्षिक कर्जा, जग्गा खरिद, घर निर्माण लगायतको क्षेत्रमा कर्जा प्रवाह गर्दै आएको लेखा समितित संयोजक अविनास निधिले बताए । कार्यक्रममा प्रदेश एक सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल लगायत अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।



Leave a comment