काठमाडौं । राष्ट्रिय सहकारी बैंकले उपत्यकाका दुईवटा सहकारीलाई पुरस्कृत गरेको छ । सहकारी बैंक मुख्य शाखा कार्यालय कुपण्डोलमा आर्थिक वर्ष ०७५/०७६ मा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने दुई सहकारी पुरस्कृत भएका हुन् ।
पुरस्कृत हुने संस्थामा नियमित कारोबार गर्ने तर्फ युनिक बचत तथा ऋण सहकारी संस्था कुपण्डोल र उत्कृष्ट कारोबार तर्फ नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था प्युखा, न्युरोड सम्मानित भएका हुन । दुवै संस्थालाई सहकारी बैंकका केबी उप्रेतीले सम्मानपत्र सहित पुरस्कृत गरेका थिए ।
सहकारी बैंकले हरेक वर्ष केन्द्रीयस्तर, प्रदेशस्तर र शाखास्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । बैंकको १६ औ वार्षिक साधारणसभाको अवसरमा केन्द्र तथा शाखास्तरीय संस्थाहरुलाई पुरस्कृत गरेको हो । यस वर्ष पुरस्कृत संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ ।
Leave a comment