हाइलाइट

जेष्ट साकोसको १२ औं बार्षिक साधारणसभा तथा १३ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

जेष्ट साकोसको १२ औं बार्षिक साधारणसभा तथा १३ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । गोंगबुमा मुख्य कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारणसभा तथा १३ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । साधारणसभाको उद्घघाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले गरेका थिए ।

साधारण सभामा संस्थाका अध्यक्ष इन्दिरा अधिकारीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन उनले कोभिड महामारीको बेला पनि सदस्य सेवा निरन्तरलाई ध्यान दिँदै साकोसले सहुलियतपूर्ण ऋण सुविधा, सदस्य घरदैलो सेवा र वित्तीय एवं सामाजिक सुरक्षणका कार्यक्रमहरुमा विशेष जोड दिएको जानकारी गराइन् ।

उनले संस्थाको रणनीतिक योजना र व्यवसाय निरन्तरता योजना सहित साकोसका गतिविधिहरुलाई गतिशील र दिगो बनाउने अभियानमा जुट्नुका साथै सदस्यहरुलाई व्यावसायिकता विकासमा क्रियाशील बनाउने संस्थाको नीति रहेको बताइन् ।

कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार शम्भु प्रसाद निरौला, चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा( लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाले सीमित संख्यामा उपस्थिति र विद्युतीय प्रविधि मार्फत सदस्य सहभागिता सहित साधारणसभाको सम्पन गरेको हो । संस्थाको कुल कारोबार करिब २ अर्ब ५ लाख रहेको छ । संस्थाले यस बर्ष १ करोड ४६ लाख २५ हजार मुनाफा आर्जन गरेको छ ।



Leave a comment