सहकारीको ब्रान्डिङ कार्यविधि माथि छलफल 

सहकारीको ब्रान्डिङ कार्यविधि माथि छलफल  :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी महासंघले सहकारीहरुको स्तरीकरण(ब्रान्डिङ) कार्यविधिको विषयमा छलफल गरेको छ । मंसिर १५ गते महासंघको सभाहलमा अध्यक्ष मिनराज कडेलको अध्यक्षमा छलफल सम्पन्न भएको थियो ।

छलफलमा शिवजी सापकोटाले सहकारीको स्तरीकरण कार्यविधिको ड्राफ् प्रस्तुत गरेका थिए । गुणस्तरीय सेवा र बस्तुका आधारमा सहकारीको ब्रान्डिङ गर्ने विषयलाई सम्बोधन गर्ने उद्देश्यले कार्यत्रिधिमाथि छलफल गरिएको महासंघले जनाएको छ । यसले सहकारी क्षेत्रको छवि उच्च बनाउन र नियमित अनुगमन सुपरिवेक्षणको संयन्त्र निमांण गरी प्रमाणिकरण गर्न सहज हुने महासंघले जनाएको छ  ।

छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल तथा संचालक सागर ढकाल, राजेन्द्र पौडेललगायत सदस्यहरुको सहभागीता रहेको थियो ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले संचालन गरिरहेको सहकारीको स्तरिकरण कार्यक्रम प्रोवेशन ब्राण्डलाई सरकारले प्रमाणीकरण नगरेपछि  राष्ट्रिय सहकारी महासंघले कार्यबिधिमाथि छलफल चलायको छ । सहकारी बैंकले पनि सहकारीको स्तरीकरण (ब्रान्डिङ) कार्यक्रम संचालन गर्दै आएको छ ।



Leave a comment