प्रतिनिधिमूलक साधारण सभा गर्दै सिवाइसी साकोस

प्रतिनिधिमूलक साधारण सभा गर्दै सिवाइसी साकोस :: Sahakari Akhabar

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले ११ औं बार्षिक साधारण सभा प्रतिनिधिमूल गर्ने भएको छ । संस्थाले मंसिर १५ गतेदेखि २२ गतेसम्म सेवाकेन्द्रको र २५ गते प्रतिनिधि मूलक साधारण सभा गर्ने जनाएको छ ।

सदस्यहरुको राय तथा सुझाव लिँदै १० वटा सेवा केन्द्रमा छुट्टाछुट्टै साधारण सभा सम्पन्न गर्ने कार्यक्रम बनाएको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्माले जानकारी दिए । साधारण सभाको पहिलो दिन नवमालिका र कल्याणकारी सदस्य सेवाकेन्द्रमा छुट्टाछूट्टै विस्तारित मञ्च कार्यक्रम गरेको छ । मालिकाको कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले सहकारी संस्था ७ वटा सिद्धान्त अनुसार चल्नुपर्ने बताए ।

त्यसैगरी कल्याणकारी सदस्य सेवाकेन्द्र अन्तरगत तित्याङमा पनि विस्तारित मञ्च सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बद्रि प्रसाद शर्मा पौडेलले सदस्यहरुको साथ सहयोग अझ बढि पाउन सके संस्थाले छिटो फड्को मार्ने धारणा राखे । दुबै कार्यक्रम संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा भएको थियो । साधारणसभा प्रगति प्रतिवेदन सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपाने, आर्थिक प्रतिवेदन कोषाध्यक्ष सितादेबी सापकोटा कडेलले प्रस्तुत गरेका छन् ।



Leave a comment