नवलपरासीका नव त्रिवेणी र अमर साकोस पुरस्कृत

नवलपरासीका नव त्रिवेणी र अमर साकोस पुरस्कृत :: Sahakari Akhabar

नवलपरासी । राष्ट्रिय सहकारी बैंकले नवलपुरका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई सोमवार एक कार्यक्रमका बीच पुरस्कृत गरेको हो ।

बैंकको कावासोती शाखामा उत्कृष्ट कारोबार गर्ने अमर बचत तथा ऋण  सहकारी संस्था लिमिटेड र नियमित कारोबार गर्ने नव त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो । अमर साकोसका अध्यक्ष प्रजापति कंडेल र नव त्रिवेणी साकोसका अध्यक्ष घनश्याम चापागाईलाई राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले सम्मानपत्र सहित पुरस्कृत गरेका थिए ।

सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष केशवप्रसाद सापकोटा, जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष होमनाथ जैसी, पुरस्कृत संस्थाद्वय अमर साकोसका अध्यक्ष प्रजापति कंडेल र नव त्रिवेणी साकोसका अध्यक्ष घनश्याम चापागाईले सहकारी बैंकमा गरेको कारोबारले प्रत्यक्ष रुपमा मुनाफा र सहकारीको संकटमा सारथी हुने भएकाले सबैले सहकारी बैंकमै कारोवार गर्नु पर्नेमा जोड दिए ।



Leave a comment