तनहुँका रोयल र साहारा  कृषि सहकारी पुरस्कृत

तनहुँका रोयल र साहारा  कृषि सहकारी पुरस्कृत :: Sahakari Akhabar

बागलुङ । राष्ट्रिय सहकारी बैंकले तनहुँका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई आइतवार एक कार्यक्रमका बीच पुरस्कृत गरेको हो ।

बैंकको दमौली शाखामा उत्कृष्ट कारोबार गर्ने रोयल सहकारी संस्था दुलेगौडा र नियमित कारोबार गर्ने साहारा कृषि सहकारी संस्था दमौली पुरस्कृत भएका हुन् । रोयल सहकारीका कोषाध्यक्ष राजकुमार वाग्ले र साहारा कृषि सहकारीका अध्यक्ष कृष्ण आचार्यलाई ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले सम्मानपत्र सहित पुरस्कृत गरेका थिए ।

सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ ।



Leave a comment