हाइलाइट

कालिढुङ्गा कृषि सहकारीको १० औ बार्षिक साधारणसभा सम्पन्न

कालिढुङ्गा कृषि सहकारीको १० औ बार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

दोलखा । बैतेश्वर गाउँपालिका गाउँपालिका वडा नं.३ पात्ले स्थित कालिढुङ्गा कृषि सहकारी संस्थाको १० औ  बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अर्जुन दहालको अध्यक्षता तथा जिल्ला बचत संघ दोलखाका उपाध्यक्ष पवनप्रसाद दहालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाका सचिब प्रविण कुमार खतिवडाले सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष शिव प्रसाद खतिवडाले संस्थाको कुल १ करोड ३६ हजार ७ सय बराबरको आर्थिक प्रतिबेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक इश्वर दहालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कोरोना भाईरस संक्रमण त्रासका बिचमा स्वास्थ्य सतर्कता अपनाउदै सम्पन्न भएको कार्यक्रममा जिल्ला बचत संघ दोलखाका उपाध्यक्ष पवन प्रसाद दहाल, जनजागरण साकोसका कोषाध्यक्ष पुष्कर कुमार दहाल, जनउत्थान साकोसका उपाध्यक्ष केदार दहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वैतेश्वर गाउँपालिका ३ नं. वडाभर कार्यक्षेत्र रहेको संस्थामा ६ सय १० जना सदस्यहरु रहेका छन ।



Leave a comment