काठमाडौं । बहुउद्देश्यीय सहकारी संघ संस्थाहरुलाई उद्देश्य परिवर्तन नगर्न केन्द्रीय संघले आग्रह गरेको छ । संघले सूचना जारी गरी देश भरिका बहुउद्देश्यीय सहकारी संघ संस्थाहरुलाई उद्देश्य परिवर्तन नगर्न आग्रह गरेको हो ।
संघले बहुउद्देयीय लगायत विषयगत सहकारी संघ संस्थाहरुले सहकारी ऐन संसोधन प्रकृयामा रहेकोले ऐन संसोधन नभएसम्म उद्देश्य परिवर्तन नगर्न अनुरोध गर्दै सूचना जारी गरेको छ । संघले सहकारी कानुन तथा दिर्घकालिन योजनाको अभावमा सहकारी क्षेत्र सिमित क्षेत्रमा खुम्चिनु परेको र निकायगत कानुनहरु सहकारी उद्योग ब्यवसाय स्थापनाकालागि अनुदार रहेको बताएको छ ।
सूचनामा सहकारी ऐन ०७४ र नियामावली ०७५ संसोधनकालागि समिति गठन भइसकेको र उक्त समितिले मस्यौदा तयार गरी मन्त्रालयमा पेश गरिसकेको हुनाले ऐन संसोधन नभएसम्म उद्देश्य परिवर्तन नगर्न संघले आग्रह गरेको हो । देशभर ३५ हजार हाराहारीमा रहेको सहकारी मध्ये ४५ सय बहुउद्देश्यीय सहकारी संघसंस्था स्थापना भएको र ७० हजार नागरिक सहकारीमा आवद्ध भएको जनाएको छ । ८ खर्वको पूँजी परिचान गरेको सहकारी क्षेत्रले ३ लाख बढी नागरिकलाई रोजगार दिएको र १ लाखलाई स्वरोजगार बनाउँने काम गरेको जनाएको छ ।
Leave a comment