क्युआर कोड स्क्यान गरी, सहकारी बैंकको प्रतिवेदन पढ्न सकिने

क्युआर कोड स्क्यान गरी, सहकारी बैंकको प्रतिवेदन पढ्न सकिने :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको आर्थिक वर्ष २०७६/०७७० को प्रतिवेदन क्युआर कोड स्क्यान गरी पढ्न सकिने भएको छ । सहकारी बैंकको १७ औं बार्षिक साधारण सभामा प्रस्तुत हुने प्रतिवेदन क्युआर कोड स्क्यान गरी मोबाईबाटै पढ्न सकिने व्यवस्था बैंकले मिलाएको हो ।

सदस्य संघ/संस्था तथा सर्वसाधरणहरुले मोबाईलमा क्युआर कोड स्क्यान गरी प्रतिवेदन पढ्न सकिने व्यवस्था मिलाएको बैंकका संचालक केदार मानन्धरले बताए । सहकारी बैंकले तयार गरेको क्युआर कोडलाई स्क्यान गरी १ सय १६ पेजको प्रतिवेदन सहजै पढ्न सकिन्छ । प्रविधिको भरपुर सदुपयोग गर्दै नयाँ अभ्यास गरिएको सहकारी बैंकका सञ्चालक मानन्धरले बताए ।

कोरोना भाईरसका कारण असहज परिस्थितीमा प्रतिवेदन पढ्न यसले सहजता ल्याउने उनको भनाई छ । सहकारी बैंकको १७ औं बार्षिक साधारण सभा मंसिर २३ गतेदेखि २९ गतेसम्म सातवटा इकाइमा र इकाई प्रतिनिधिहरुको निर्णय प्रमाणित गर्ने सभा पुष ३ गते हुँदैछ ।



Leave a comment