काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले यो वर्षको नेफ्स्कून पत्रकारिता पुरस्कार काजी श्रेष्ठलाई प्रदान गरेको छ । हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यो वर्ष सहकारीखबर डटकमका सम्पादक काजी श्रेष्ठलाई प्रदान गरेको हो ।
संघले संचारकर्मी श्रेष्ठलाई मंसिर ५ गते सम्पन्न २९ औं वार्षिक साधारण सभाको अवसरमा ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरेको हो । नेफ्स्कूनले गत साउन ३२ गते ३३ औं स्थापना दिवसको अवसरमा पुरस्कार घोषणा गरेको थियो । पत्रकारिताका माध्यमबाट सहकारी क्षेत्रका सूचना र गतिविधिहरुलाई सदस्य, सञ्चालक एवं सरोकारवाला निकायहरुमाझ सम्प्रेषण गर्ने कार्य गरेको भन्दै श्रेष्ठलाई पुरस्कृत गरेको हो ।
विगत एक दशकदेखि सहकारी पत्रकारितामा सकृय श्रेष्ठ सहकारी खबर डटकमका सम्पादक छन भने नेपाल सहकारी पत्रकार समाजका उपाध्यक्ष रहेका छन् । संघले साधारण सभामा श्रेष्ठ सहित विभिन्न बिधाबाट सहकारीमा योगदान गर्ने ब्यक्ती तथा संघ संस्थालाई सम्मान तथा पुरस्कार बितरण गरेको छ ।
Leave a comment