झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले मृतक सेयर सदस्यको नाममा रहेको कर्जा मिनाहा गरिदिएको छ ।
संस्थाका शेयर सदस्य ज्ञानबहादुर लिम्बूको निधनमा शोक व्यक्त गर्न मेचीनगर ५ स्थित लिम्बु निवासमा पुगेर परिवारलाई दुई लाख रुपैयाँ ऋण मिनाहा गरिएको पत्र हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले स्वर्गीय लिम्बूको निवासमा पत्नी पुनम लिम्बुलाई ऋण मिनाहाको पत्र हस्तान्तरण गरेका थिए । यसैगरी, संस्थाले लिम्बू परिवारलाई काजकिरिया खर्च वापत ५ हजार रुपैयाँसमेत प्रदान गरेको छ ।
Leave a comment