हाइलाइट

नवोदय सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा सम्पन्न

नवोदय सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

झापा । कमल गाउँपालिका वडा नम्वर ३ मा रहेको नवोदय वहुउद्देश्यीय सहकारी संस्था को २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले साधारण सभामा नेपाल रेडक्रस सोसाइटी दमक शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत गरेको थियो ।

संस्थाका सञ्चालक, शेयर सदस्य र संस्थाका कर्मचारी गरी २० जनाले रगतदान गरेका थिए । सभामा सस्थाका अध्यक्ष शरणकुमार पराजुलीले संस्थाले २२ औ वर्ष पुरा गर्दा सदस्य संख्या १३ हजार ७ सय ८० जना र शेयर पुँजी १० करोड ४५ लाख ३ हजार ७०० रुपैया तथा बचत ३३ करोड ३९ लाख ७ हजार १७२ रुपैया पुगेको जनाए ।

त्यसैगरी उनले संस्थामा १ करोड २६ लाख ३८ हजार २२० रुपेया कोष जम्मा भएको र खुद नाफा ३ करोड ३७ लाख ६१ हजार ८७३ रहेको बताए । कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले कमल गाउँपालिका भित्र रहेका सहकारीहरु मिलेर अब कृषिलाई अगाडी बढाउनु पर्नेमा जोड दिइन ।

उनले गाउँपालिकाको अर्थतन्त्रलाई टेवा पुर्याउन पालिकाले एक सहकारी एक उत्पादनको नीति ल्याएको बताइन् । उनले गाउँपालिकाले व्यवसाय प्रवर्धन कोषका लागी २ करोड रुपैया विनियोजन गरेको जानकारी दिइन् । व्यवसायीले इच्छाएको सहकारी मार्फत त्यो रकम पाउने छन, उनले भनिन एक वडा एक उत्पादन नीति समेत निर्माण भै सकेको छ ।

त्यसलाई जोड्ने भनेकै सहकारी भएकोले यसमा सहकारीले सहयोग गर्नुपर्छ । कमल गाउँपालिका वडा नं. ३ का अध्यक्ष नरप्रसाद दंगालले सहकारीले कृषि पेशालाई अगाडी बढाउनु पर्ने बेला आएको बताए । उनले अबका दिनमा सदस्यको आवश्यकतालाई पहिचानगरी व्यवसायिक तर्फलाग्न अवश्यक रहेको बताए । 



Leave a comment