भक्तपुर । गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाको १२ औ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सभाहलमा सम्पन्न स्थापना दिवस कार्यक्रममा संस्थाका संचालक तथा कर्मचारी र केही सिमित सदस्यहरुको सहभागीतमा दिवस सम्पन्न गरिएको संस्थाका अध्यक्ष विकास खड्काले जानकारी दिए ।
उनले तत्कालिन डिभीजन संहकारी कार्यालय भक्तपुरवाट २०६५ मंसिर ०८ गते विधिवत रुपमा बचत तथा ऋंण को कारोवार गर्न स्वीकृत प्राप्त भएको संस्थाले १२ औ वर्ष पार गर्दा आफ्नै सुविधा सम्पन्न बहुउद्देशीय भवन निर्माण गर्न सफल भएको बताए । यस अवसरमा उनले सदस्यहरूलाई उक्त भवनवाट आधुनिक प्रविधि सहित एकीकृत वित्तिय सेवा प्रदान गरी रहेको बताए ।
संस्थालाई पु्र्याउन सहयोग र सहकार्य गरी कारोवार गर्ने सम्पूर्ण शेयर सदस्य, संचालक समिति, लेखा समिति, र विभिन्न उप समिति, कर्मचारीहरु तथा लघुवित्त कार्यक्रममा आवद्ध महिला संयोजक, सदस्यहरु धन्यबाद ज्ञापन गरेका छन् ।
Leave a comment