बागलुङ । आदर्श सञ्चार सहकारी संस्थाले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । शेयर सदस्य रामप्रसाद शर्माकी आमा बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दीशिर निवासी जमुनादेवी शर्माको निधन भएको १० औं दिनको पुण्य तिथी पारेर श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।
शर्माको कार्तिक २७ गते मृत्यु भएको थियो । कार्यक्रममा शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ । संस्थाका बरेङ गाउँपालिका स्तरीय समन्वय उपसमितिका संयोजक जयराम शर्मा, सचिव देवीदत्त शर्मा, शेयर सदस्य धनिश्वर शर्मा, भरत क्षेत्री, रञ्जना शर्माले सदस्यका आफन्तको निधनमा प्रदान गरिने ५ हजार रुपैया स्वर्गीय शर्माकी नातिनी गीता शर्मालाई हस्तान्तरण गरेका हुन् ।
संस्थाले सञ्चालन गरेको सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया रकम प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।
Leave a comment