सहकारी महासंघद्धारा ६ दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु

सहकारी महासंघद्धारा ६ दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा सहकारी प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु भएको छ । मंसिर ७ गतेदेखि १२ गतेसम्म संचालन हुने तालिमको आइतबार महासंघका अध्यक्ष मिनराज कडेलले उद्घघाटन गरेका हुन् ।

तालिममा अध्यक्ष कडेलले शिक्षा तालिम सहकारी क्षेत्रका लागि महत्वपूर्ण रहेको बताए । उनले स्थानीयस्तरमा प्रशिक्षक उत्पादन गरी सहकारी अभियानको प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले तालिम संचालन गरिएको जानकारी दिए । उद्घघाटन कार्यक्रमममा तालिमको उद्देश्यमाथि प्रकाश पार्दै महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी अभियानमा तालिम, शिक्षाको अझै अभाव रहेको बताइन् ।

उनले तालिमलाई खर्च नभई लगानीका रुपमा लिन पनि आग्रह गरिन । सहकारीमा आवद्ध जनशक्तिको क्षमता अभिबृद्धि भयो भनेमात्र सहकारी संघ÷संस्थाको क्षमताबृद्धि हुने उनको भनाइ छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा संचालन भएको तालिममा रुकुम, सप्तरी, गुल्मी, ताप्लेजुङ, डडेलधुरा, तनहु, दोलखा र म्याग्दीका सहभागीहरुको उपस्थिति रहेको छ ।

महासंघका सभाहलमा संचालन गरिएको तालिममा सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डे, केन्द्रीय सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य, रोशन शंकर घिमिरे, लिलादेवी अर्याल, महासंघका नायव महाप्रबन्धक बाबुल खनाल, पूर्व उपसचिव चन्द्र ठकुरी, महासंघका वरिष्ठ प्रबन्धक भण्डारी, महासंघका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कार्यक्रम अधिकृत सुरेश थापाले सहजीकरण गर्ने छन् ।



Leave a comment