जनहितकोष साकोसको रजत जयन्ती कार्यक्रम सम्पन्न

जनहितकोष साकोसको रजत जयन्ती कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

रामेछाप । खिम्तीमा रहेको श्री जनहितकोष बचत तथा ऋण सहकारी संस्थाले २५औं बार्षिक साधारण सभा तथा रजत जयन्ती कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले कार्तिक २० गते देखि २८ गतेसम्म क्षेत्रगत एकाइ तय गरी एकाइ सभा र मंसिर ६ गते प्रतिनिधिमूलक साधारण सभा सम्पन्न गरेको हो । सभाको उद्घघाटन गर्दै वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सदस्य जगन्नाथ दाहालले संस्थाले सदस्यहरुको जीवनस्तर उकास्नुका साथै सदस्य राहत कार्यक्रम मार्फत सदस्यहरुलाई सन्तुष्ट पार्न सफल रहेको बताए ।

यसै गरी साधारण सभामा संस्थाका अध्यक्ष मुकुन्दप्रसाद कडरियाले कोरोना महामारीका वावजुद पनि संस्थाले गतिविधि निरन्तर गरिरहेको बताए । संस्थाको “गाउँघरमा जनहितकोष, शान्ति र समृद्धि यसको उद्घघोष” भन्ने नारालाई सार्थक पार्दै समाजमा छरिएर रहेको स–साना रकमहरुलाई बचतकोरुपमा एकिकृत गरी सदस्यमाझ नै परिचालन गरी संस्थाले समाजका अधिकांश शेयर सदस्यहरुलाई आय आर्जन गर्नको लागि वित्तीय तथा प्राविधिक सहयोग गर्दै आएको बताए ।

संस्थाका कोषाध्यक्ष बद्रीबहादुर खत्रीले आर्थिक वर्ष २०७६र०७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थाको कुल सम्पत्ती १९ करोड ४९ लाख शेयर पूँजी १ करोड ७४ लाख, जगेडाकोष १ करोड ५ लाख र अन्य कोष २ करोड २४ लाख, बचत सङ्कलन १२ करोड ८५ लाख, ऋण लगानी १३ करोड ६३ लाख र यस वर्ष ४१ लाख ५० हजार खुद मुनाफा आर्जन गरेको बताए ।

संस्थाले रजत जयन्तीको उपलक्ष्यमा तदर्थ समितिका पदाधिकारी तथा संस्थापक सदस्यहरु लगायत कर्मचारीहरुलाई मायाको चिनोका साथै कदर–पत्ररप्रशंसा–पत्रद्वारा सम्मान तथा प्रशंसा गरेको छ । साथै संस्थाले वार्षिक साधारण सभाको उपलक्ष्यमा सहकारीका सदस्यहरुमध्येबाट मासिक बचतकर्ता, शेयरहोल्डर, नियमित बचतकर्ता, असल ऋणीलाई सम्मान गरेको छ । साथै संस्थाले शेयर सदस्य बीरबहादुर कडरिया (शिवहरी) र वर्तमान उपाध्यक्ष गोपालबहादुर शिवाकोटीलाई  सम्मान गरेको थियो ।

संस्थाले आइएमइ रेमिट र प्रभु मनि ट्रान्सफरमार्फत सदस्य तथा गैर सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ भने सदस्य पारिवारिक राहत, सदस्य दुर्घटना राहत र महिला सदस्यहरुको लागि सुत्केरी खर्च उपलब्ध गराउँदै आइरहेको छ । यसै आ.व को माघ देखि २०७६र०७७ असार मसान्तमा ७५ वर्ष पूरा गरेका जेष्ठ सदस्यहरुलाई मासिकरुपमा ४ सय आर्थिक सहायता उपलब्ध गराइने कार्यक्रम रहेको बताइएको छ ।



Leave a comment