एनएमसीले एटिएम सेवा दिने

एनएमसीले एटिएम सेवा दिने :: Sahakari Akhabar


झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सदस्यलाई एटिएम सेवा दिने भएको छ । संस्थाले कारोबारका लागि एटिएम सेवा दिने तयारी गरेको हो ।

सदस्यहरुले मंसिर महिनाभित्रै एटिएम सेवा पाउने गरी काम भइरहेको बैंकिङ व्यवसाय समितिका प्रशासनिक प्रमुख मनिष कोइरालाले जानकारी दिए । संस्थाले चालू आर्थिक वर्षमा १० वटा एटिएम सञ्चालन गर्ने योजना रहेको र ५ वटाको टर्मिनल निर्माण भइसकेको कोइरालाले बताए ।

संस्थाको आफ्नै भवन रहेका स्थानहरुमा पहिलो चरणमा एटिएम टर्मिनल निर्माण भइरहेको उनले भने । काँकरभिट्टा, चन्द्रगढी, शनिश्चरे र दमकमा एटिएम टर्मिनल निर्माण सम्पन्न गरी रंग रोगन तथा मेसिन सेटअप भइरहेका छन् भने चारआलीमा कर्मचारीस्तरमा एटिएम कार्ड वितरण गरी परीक्षण सुरु गरिएको प्रशासनिक प्रमुख कोइरालाले बताएका छन् ।

यसैगरी बिर्तामोडमा सञ्चालन गर्न लागिएको सहकारी पसल रहने भवनमा एटिएम टर्मिनल निर्माण गरिनेछ भने यसै आर्थिक वर्षमा अन्य ५ स्थानमा सेवा विस्तार गर्ने संस्थाको लक्ष्य रहेको छ ।



Leave a comment