काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले लक्ष्मीपूजाको अवसर पारी एटिएम सेवा सुरु गरेको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले संस्थामा आयोजित एक कार्यक्रमका बीच संस्थाको एटिएम सेवाको उद्घघाटन गरेका हुन् । स्मार्ट च्वाईस टेक्नोलोजी (एससिटी) मा आवद्ध भई संस्थाले उक्त सेवा सदस्यहरुलाई उपलब्ध गराएको हो ।
उद्घघाटन कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले चन्द्रागिरि एटिएम सेवा लिने संस्थाका सदस्यहरुले विभिन्न वाणिज्य बैंक, विकास बैंक, फाईनान्स कम्पनि तथा देशभर एटिएम सेवा सञ्चालन गरेका सहकारी संस्थाहरुको साथै युनियन पेसंग आवद्ध भएका जुनसुकै बैंक वित्तीय संस्थाका एटिएमबाट रकम झिन्क सकिने बताए ।
बदलिँदो समय र कोरोना महामारीको बीचमा पनि संस्थाले सदस्यहरुलाई आधुनिक डिजिटल सेवा दिन सफल भएकोमा खुसी व्यक्त गर्दै सहकारी संस्थाहरुले प्रतिस्पर्धी सेवा दिदै समुदायमा रोजगारी सृजना गर्न अझ प्रत्यक्ष भूमिका खेल्नुपर्ने बताए । संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले एक दशक अघिदेखि देख्दै आएको सपना आज आएर साकार भएको बताए ।
उनले सदस्यहरुले चाहेको सेवा दिएर सधै सन्तुष्ट राख्न प्रयत्न गरिने बताए । कार्यक्रममा संस्थाले लक्ष्मीपूजाको दिन कार्तिक २९ गतेसम्म एटिएम कार्ड निशुल्क वितरण गरेको थियो भने केही समय सम्म फरक बैंक वित्तीय संस्थाको एटिएमबाट रकम निकाल्दा निःशुक सेवा दिएको छ ।
Leave a comment